निवर्तमान मुख्यमन्त्रीले सरकारी निवास छाडे

  • पुस २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्कमतकुमार कार्की नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले निवास छाडेका छन् ।
निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा पोष्ट गदै बिहीबारबाट निवास छोडेको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा उनले निवास छाडेको जानकारी दिँदै निवास छोड्न दुई दिन ढिला भएको भन्दै क्षमा समेत मागेका छन् ।

विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्।

उनले लेखेका छन्, ’२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद्, सभामुखको उमेद्वारीको प्रक्रियामा व्यस्त, आफ्नो कार्यालय, सचिवालय, निवासका कर्मचारी, सुरक्षाकर्मी, सहयोगीसँग बिदाइ कार्यक्रम, २७ गते फुर्सद र तयारी र २८ गते बिहान ११ बजे निवासबाट बिदा ।’

उनले सरकारी सवारी साधनको सुविधा मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाट नै लिन छाडेको कुरा जानकारी गराएका छन् । राई २०७८ कात्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved