‘पार्टीको झोले’ शब्दप्रति पत्रकारको आपत्ति

  • पुष २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् ।

पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।

maha-sang-pic

सञ्चारकर्मीहरुको ध्यानाकर्षपछि महासंघ सुनसरीको सभाहलमा यस विषयमा छलफल समेत भएको थियो । छलफलमा विभिन्न संगठटनमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

केही समय अगाडि धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकले प्रकाशित गरेको मेयर राइको शब्द चयन विषयमा होस् या कोशीपत्र राष्ट्रिय दैनिकले सभाहलमा रहेको शौचालय जीर्ण रहेको कुरालाई उजागर गरेको विषयमा होस् मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जाल ‘हर्क साम्पाङ ए रेभुलेसन’ मा पोष्ट गर्दै ‘पार्टीको झोलेहरु’ को संज्ञा दिएका थिए ।

यसैगरि पछिल्लो समय धरान लगायत धरान बाहिरका सर्वसाधारणको चासोको विषय बनेको घण्टाघरको घडी नचलेको विषयमा समाचार लेखेकै भरमा औजार दैनिक र कपुरी न्युजको समाचार पोष्ट गर्दै उनकै फेसबुकमा पोष्ट गरेपछि उनका समर्थकले धम्कीपूर्ण भाषामा ‘कमेन्ट’ गरेपछि बाध्य भएर सञ्चारकर्मीहरुले यस विषयमा एकजुट भएर जानुपर्ने आवश्यकता रहेको भन्दै यसका विरुद्धमा संस्थागत रुपमा अघि बढ्न सञ्चारकर्मीहरुले महासघलाई ध्यानाकर्षण गराएका हुन् ।

सञ्चारकर्मीहरुले विकासको गतिरोधका विषयमा समाचार लेख्दा मेयरकै अपमान ठान्ने साम्पाङको सानो सोचका कारण सञ्चारकर्मीहरु पछिल्लो समय पीडित बन्दै गएको बताएका थिए । उनीहरुले इटहरी उपमहानगरपालिकामा तत्कालीन मेयर द्वारिकालाल चौधरी मेयर हुँदा इटहरीका सञ्चारकर्मीले भोगेको समस्या अहिले धरानका सञ्चारकर्मीहरुले भोग्दै आएको बताएका थिए ।

छलफलका क्रममा बोल्दै काग्रेसको पत्रकार सगठन प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले विगतमा पनि यस्ता समस्याहरु आउँदा महासंघकै नेतृत्वमा समस्या समाधान गरेको बताउदै अब पनि महासंघकै नेतृत्वमा यो समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने–‘यो समस्या सम्पूर्ण पत्रकार जगतलाई परेको समस्या हो, समस्या समाधानका लागि संस्थागत रुपमा अगाडि बढ्नुपर्छ ।’

यसैगरी अग्रज पत्रकार हर्ष सुब्बाले समस्याको समयमा सबै सञ्चारकर्मी एक भएर समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने–‘यो समस्या एउटाको मात्र हैन, सबैको हो सबैले एक भएर संस्थागत रुपमा समाधान खोज्नु उपयुक्त हुन्छ ।’

केहीले भने पछिल्लो समय साम्पाङले सञ्चारकर्मीहरुप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुनुमा छ्यास्छ्यास्ती खोलिएका युट्युव मुख्य कारण भएको बताएका थिए । उनीहरुले युट्युव च्यानललाई नियन्त्रण गर्ने निकाय नभएकै कारण यी च्यानलहरुले सत्य तथ्य घट्नालाई बंंग्याएर प्रशारण गरेकै कारण यस्तो समस्या आएको बताएका थिए ।

सञ्चारकर्मी भरतराज शर्माले युट्युव च्यानललाई नियन्त्रण नगरेसम्म यो अवस्था आइरहने बताए । उनले भने–‘मेयर साम्पाङलाई वास्तविक सञ्चारकर्मी भन्दा पनि युट्युव भए पुग्छ, युट्युवले घट्नालाई बग्यांएर प्रशारण गरेका कारण मेयरको मनोबल बढेको हो, अन्य सञ्चारकर्मीले विकासमा अवरुद्ध भएका समाचार लेख्दा उहाँ सबैलाई पार्टीको झोलेको नजरले हेर्नुहुन्छ ।’

यस्तै अर्का सञ्चारर्मी खिलानाथ विश्वकर्माले कार्यपालिका बैठकमा वास्तविक सञ्चारकर्मी भन्दा पनि युट्युव च्यानल चलाउनेहरुको भीड हुने गरेको बताए । उनले युट्युव च्यानलले कार्यपालिका बैठक भरिदा राम्ररी फोटो खिच्न नपाउने अवस्थादेखि लिएर समाचार सम्प्रेषणमा समस्या भएको बताए ।

उनले भने–‘फेसबुके, युट्युवे बाहेकका पत्रकारहरुको प्रवेशले वास्तविक पत्रकारहरुले समाचार सम्प्रेषण गर्न गाह्रो छ, वैठकको समयमा उपमहानगरपालिका अत्यन्तै अव्यस्थित भएको देखिन्छ ।’ उनले वास्तविक समाचार सम्प्रेषण गरेकै भरमा मेयर साम्पाङले सञ्चारकर्मीले ‘पार्टीको झोले’ लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्दा समेत महासंघले त्यसको कुनै प्रतिक्रिया नदिएको प्रति आश्चर्य प्रकट गरे । उनले भने–‘यो विषयमा महासंघलाई विगतदेखि नै जानकारी गराउँदै आएको छु, महासंघले खासै चासो देखाएको छैन ।’

सञ्चारर्कीहरुको गुनासो सुनिसकेपछि नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्कीले यस विषयमा महासंघ गम्भीर भएको बताएका थिए । यस्तै सुनसरीका सहसचिव भोला श्रेष्ठले महासघका पूर्व अध्यक्ष, पत्रकारका विभिन्न संघ संगठन तथा अन्य सञ्चारकर्मीहरुसँग बसेर छलफल गर्ने र भेलाबाट निस्केको छलफलबाट महासंघ अगाडि बढ्ने प्रतिबद्धता  जनाएका थिए

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved