बालबालिकाप्रति जिम्मेवार बनौँ

  • पुष २८, २०७९
  • कोशीपत्र सम्पादक
alt

नागरिक अधिकारप्रति आजभोलि चेतना त बढेको छ तर अधिकार हनन्का घटना रोकिएका भने छैनन् । सबै लिङ्ग, वर्ग, उमेर र समुदायका नागरिकहरूले उचित हेरचाह, अवसर वा संरक्षण प्राप्त गरून् भन्ने उद्देश्यले थरीथरीका ऐन–कानुहरू बनाइए पनि नागरिकहरू सुरक्षित भने छैनन् । सबैले आ–आप्नै अधिकार संरक्षणमा मात्र चासो देखाउँदा आप्mना अधिकारको संरक्षणमा सक्रिय हुन नसक्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरू भने अधिकार र सुरक्षाबाट वञ्चित भएर जीवन बिताउन बाध्य बनेका छन् ।

बालअधिकारको संरक्षणका लागि संविधानमै पनि पर्याप्त् व्यस्था गरिएको छ । संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको छ तर सबै बालबालिकाले यस हकको उपभोग गर्न पाएका छैनन् । परिवारको गरीबी, परिस्थिति वा अन्य विभिन्न कारणले गर्दा थुप्रै बालबालिका शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जनजस्ता अधिकारहरूबाट वञ्चित छन् । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७(९) मा १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्न नहुने प्रावधान राखिएको छ तर कतिपय बालबालिका जीवन निर्वाहका लागि होटल, रेस्टुरेन्टमा वा घरेलु कामदारका रूपमा काम गर्न बाध्य छन् । कतिपय बालबालिका नदी किनारमा बालुवा चाल्ने वा माग्नेजस्ता काममा पनि संलग्न हुन पुगेका छन् । कतिपयले विपन्न परिवारका बालबालिकालाई कम पारिश्रमिकमा श्रममा लगाउने गरेका छन् ।

त्यसैले संविधान वा ऐन–कानुनमा व्यवस्था गरेर मात्र बालअधिकारको संरक्षण नहुने निश्चित छ । यो बहुआयामिक विषय हो । परिवारको आर्थिक अवस्था, अभिभावकमा बालबालिकाको भविष्यप्रति गम्भीरताको अभाव वा चेतनाको कमी, दम्पत्तिबीच बेमेल र सम्बन्धविच्छेदसम्मको अवस्था आदि कारणबाट बालबालिकाहरू असुरक्षित हुने गरेका छन् । कतिपय बालबालिकाहरू आमा–बुबा दुईमध्ये एकको माया वा हेरचाहबाट विमुख हुन पुगेका छन् ।

आजका बालबालिका नै देशका कर्णधार हुन् । त्यसैले बालबालिकाको उज्ज्वल भविष्यप्रति सबैको चासो र चिन्तन अपरिहार्य छ । आमाबुबा मात्र होइन, परिवारका अन्य सदस्यसँगै छिमेकी तथा तीनै तहका सरकारहरूसमेत बालबालिकाको भविष्यप्रति संवेदनशील बन्नु आवश्यक छ । हरेक विग्रह र समस्याको मुख्य कारण आर्थिक अभाव नै हो । त्यसकारण नागरिकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने योजना र कार्यक्रम सञ्चालन गर्नु हरेक सरकारको प्राथमिक कार्य हुनुपर्छ । बालबालिकाको भविष्य संरक्षणमा सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्छ । यससँगै समाजका सबै पक्ष गम्भीर बन्नुपर्छ । त्यसो हुन नसक्दा बालअधिकार संरक्षणमा समस्या देखिएका छन् । यी समस्याहरूलाई बेलैमा यथोचित सम्बोधन गरी बालमैत्री वातावरणको सिर्जना गर्नु आवश्यक छ । यसतर्पm सबैको चासो र चिन्तन आवश्यक छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved