तारको व्यवस्थापन सुरु

  • पुस २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ ।
विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए ।

गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो ।

सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्यवस्थापनको सहजीकरण गर्न इन्जिनियर सिंहलाई जिम्मेवारी तोकेको थियो ।

चिसो मौसम भएका कारण तार व्यवस्थापनमा समय लाग्ने देखिएको उनले बताए ।
‘टेलिकमको पोल नै सार्नुपर्ने अवस्था देखिएको छ,’ सहजीकरणको जिम्मेवारी पाएका इन्जिनियर सिंहले भने, ‘धेरै भीडभाड हुने भएकाले दिउँसो काम गर्न समस्या छ । जतिसक्दो बिहान नै काम गर्नुपर्ने हुन्छ ।’
महानगरले केवल र नेट प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर दुईपटक बैठक राखेपछि तार व्यवस्थापनको काम अगाडि बढेको छ ।

यसअघि गत असोज १३ गते पनि महानगरले बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । ‘अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,’ मेयर कोइरालाले भने, ‘अहिले नै अण्डरग्राउण्ड गर्ने अवस्था नभएकाले कम्तीमा लत्रिएका तारलाई माथि तानेर बाँधियो भने केही व्यवस्थित त हुन्छ ।’ चैत मसान्तसम्ममा विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने सोमबारको बैठकले निर्णय गरेको थियो ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved