विकेभिएमको ४० औं स्थापना दिवस

  • माघ ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ विराटनगर १ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरेर ४० औं स्थापना दिवस मनाएको छ ।

विद्यालयले स्थापनासँगै अभिभावक दिवससमेत मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटनपछि बोल्र्दै मेयर कोइरालाले विराटनगर पछिल्लो समय शैक्षिक हब बन्दै गएको बताए । उनले अब अध्ययनकै लागि भारत र काठमाडौं पुगिरहनु नपर्ने उल्लेख गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल रविन दाहालले विराटनगरको शैक्षिक क्षेत्रमा चार दशकदेखि विकेभिएम स्कुलले योगदान पु¥याउँदै आएको चर्चा गरे । उनले दुईपटक बोर्ड प्रथम गरेर विराटनगरको इज्जतलाई माथि उठाएको समेत जिकिर गरे । उनले २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको सुनाए । दाहालले विद्यालयमा ३४ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्की, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बा, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी, विद्यालयका संस्थापक अध्यक्ष चिरञ्जीवी दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा २० वर्षभन्दा लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र फेसन शो प्रस्तुत गरेका थिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved