पहाडी क्षेत्रका स्वास्थ्य केन्द्रमा उपकरण पुग्यो "दक्ष जनशक्ति छैन"

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ ।

दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् ।

दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवारिक समस्याका कारणले बिदा बसेपछि सेवा प्रभावित भएको हो । कर्मचारी नभएपनि अहिले सञ्चालन .हुन नसकेको अस्पतालले जनाएको छ । अस्पत ालमा निमित्त प्रमुख डा. चतुरानन्द यादवले भएका कर्मचारी बिदामा बसेकाले आइतबारदेखि बिहीबारसम्मका लागि एक्स–रे सेवा बन्द गर्नुपरेको बताए । उनलृ भने–‘दुबै जना अत्यावश्यक कामले बिदामा बसेका छन्, उनीहरु नहुन्जेल एक्स–रे सेवा सुचारु गर्न कठिनाई हुने भयो ।’ जिल्लामा एक्सरे सहितको सेवा सुविधा रहेको जिल्ला अस्पताल भएकै कारण दैनिक १ सय भन्दा बढी विरामी उपचारका लागि आउने निमिध् प्रमुख यादवले बताए । उनले भने–‘उपचारमा आएकामध्ये ‘ दैनिक सरदर ६० जनाको एक्स–रे हुने गर्छ, कर्मचारी बिदामा हुँदा अहिले समस्या भएको छ ।’

उनले भने–‘ अस्पतालमा कार्यरत दुवैजना रेडियोग्राफर बिदामा बसेपछि सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना प्रकाशित गरेर एक्स–रे सेवा बन्द गरिएका छौं ।’ जिल्लाको एकमात्र सरकारी अस्पतालको सेवा बन्द भएपछि एक्स–रे गर्न आएका बिरामी अन्यत्र जान बाध्य छन् । रुपाकोट मझुवागढी–५ का भक्तसेर राईले एक्स–रे सेवा नहुँदा एक्स–रे गर्न बाहिर जानुपर्ने बाध्यता भएको बताए । उनले भने–‘अन्य ठाउँमा जाँदा एकातिर छिटो हुने काम ढिलो हुन्छ भने अर्कोतर्फ महंगो शुल्क लाग्छ ।’

निमित्त प्रमुख यादवले एक्स–रे मेसिन चलाउन विकल्प खोजे पनि सम्भव नभएको बताए । उनले भने–‘ विकल्प खोज्ने काम गरियो, केहीलाई बोलाएर चलाउन लगाइयो, चलाउनै जानेनन्, सुचारु हुनै सकेन ।’ उनले सञ्चालनमा कठिनाइ भएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको बताए ।

अस्पतालको एक्स–रे सेवा बन्द भएको गुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । अस्पतलमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले जानकारी दिए । उनले भने–‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कुनै कारणले उपचार रोकिनु हुँदैन, यसको समाधान हामी चाँडै खोज्छौं ।’

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved