युएन नवोदय कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत

  • असोज ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजमा प्रदेश १ का विभिन्न स्थानबाट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बिहीबार कलेजले स्वागत गरेको छ ।
धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा एक कार्यक्रमको आयोजना गरी कलेजले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरकेो हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख÷प्रिन्सिपल डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम बहादुर लिम्बु, दिब्यासोनम झा लगायतले बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरे । नव विद्यार्थीहरुलाई उनीहरुको क्षमता प्रस्फुटन गर्न मञ्च प्रदान गर्ने उद्देश्यले स्वागत कार्यक्रम गरिएको कलेजका प्रमुख÷प्रीन्सिपल तुम्बापोले बताए ।

सोही अवसर पारेर कलेजका प्रतिभावानका तथा अध्ययन लगायत विभिन्न विधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

स्वागत कार्यक्रममा कक्षा–१२ का बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा कलेजका अध्यापक नाम्लिङहाङ चेम्जोङले समेत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजका परीक्षा नियन्त्रक बिष्णु दाहाल, काउन्सलर सुमन बास्कोटा, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खानको उपस्थिति थियो । त्यस्तै कलेजका अध्यापक बिनुमान मोते, अध्यापक बिजय आछामी, सर्ण साम्बाहाम्फे, अनिमेस बास्कोटा, सन्तोष झा, प्रोमोटर जगत नेम्बाङ लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कक्षा–१२ का विद्यार्थीहरु दिपेन भण्डारी र त्रिशला श्रेष्ठले गरेका थिए भने कक्षा–१२ कै सेविका राईले स्वागत मन्तब्य राखेकी थिइन् ।

पूर्वमा गुणस्तरीय शिक्षा प्रदान गरेर योगदान पु¥याउदै आएको युएन÷नवोदय कलेजमा बर्षेनी विद्याथीको आकर्षण बढ्दै गएको छ ।
गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रियता कलेजमा अध्ययन गर्न आएका आएका नव आगन्तुक विद्यार्थीहरुलाई विहीबार कलेजले स्वागत कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आइरहको छ ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग तथा पुरुष प्रजनन सँग सम्बन्धित उपचारको ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved