युएन नवोदयमा ट्यालेन्ट सो

  • माघ २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ को युएन नवोदय क्यापसमा बिहीबार यस वर्षको ट्यालेन्ट सोको पहिलो चरण सम्पन्न भएको छ ।
क्यापस परिसरमै आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका थिए । पहिलो चरणको प्रतियोगितामा गायनतर्पm २२ जना विद्यार्थीहरू सहभागी थिए भने नृत्यतर्पm चारजना विद्यार्थीले भाग लिएका थिए ।

पहिलो चरणको प्रतियोगिताबाट गायनतर्पm उत्कृष्ट पाँच तथा नृत्यतर्पm उत्कृष्ट तीन विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन् ।

गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौट भएका छन् भने नृत्यतर्फ कक्षा–१२ का सुजल लिम्बू र सुजित श्रेष्ठ, कक्षा–११ का विषम पौडेल छनौट भएका हुन् ।विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक हुने भएकोले कलेजले यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको कलेजका प्रिन्सिपल डम्बर तुम्बापोले बताए ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झा पनि उपस्थित थिए । प्रतियोगिताका निर्णायकहरूमा विनायक राई, नामलिङ लिम्बू र सिर्जना लिम्बू थिए ।

कलेजका अध्यक्ष झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, म्यानजमेण्ट कोअर्डिनेटर सुमन बाँस्कोटालगायत कलेजका अध्यापकहरुको उपस्थिति थियो ।

20210211_085937 20210211_085932 20210211_093501 20210211_090321 20210211_091318 20210211_085930 20210211_091310

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved