युएनको सेफ प्रतियोगिता सम्पन्न

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् ।

धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो ।

यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् ।

पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.एम.पढ्नको लागि ३० हजार रुपैया बराबरको छात्रबृत्ति, तृतीय हुने समुहले २० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढनको लागि २० हजार रुपैया बराबरको छात्रबृत्तिका साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगिताम विजेता, उपविजेता तथा तृतीय हुने समूहलाई यु.एन.कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकद्वय ग्लोबल नेप्लिज सेफ फेडरेसन प्रदेस न.१ का अध्यक्ष निरज श्रेष्ठ र फेडरेसनका सुनसरी अध्यक्ष प्रेम लिम्बुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४ वटा कलेजका ६ समुहहरु सहभागी थिए ।

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved