युएनले लियो नवोदय विद्या मन्दिरको स्वामित्व

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको धरान १६ स्थित युएन कलेजले नवोदय विद्या मन्दिरको स्वामित्व पनि लिदै थप गुणस्तरिय सेवा दिने जनाएको छ ।

विहिबार कलेजले पत्रकार सम्मेलन गर्दै नवोदय विद्या मन्दिरको पुर्ण स्वामित्व लिदै समय सापेक्ष नयाँ ढङ्गबाट नयाँ व्यवस्थापनले गुणस्तरिय शिक्षामा जोड दिने बताएको छ ।

विगत ९ बर्ष देखी होटल म्यानेज्मेन्ट सहित उच्च शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले स्वामित्वमा लिएको नवोदय विद्या मन्दिरको गुणस्तरिय शिक्षामा शंका नगर्न विद्यालयका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताए ।

उनका अनुसार विद्यालयको नाम परिवर्तन नहुने र शिक्षक शिक्षिकाहरु पनि परिवर्तन नहुने भएका छन् ।

स्वामित्वमा ल्याए पछि विद्यालयको पोशाक परिवर्तन गर्ने तयारी गरिए पनि अभिभावकहरुलाई आर्थिक भार पर्ने भएकाले विद्यालय आफैले निशुल्क पोशाक वितरण गर्ने भएको छ ।

प्ले ग्रुप देखी कक्षा १० सम्म पठन पाठन भैरहेको नवोदय मा ४ सय ५० बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved