युएन नबोदयमा प्रबेश परीक्षा

  • भदौ ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / होटल मेनेजमेन्ट र मेनेजमेन्ट अध्ययनमा प्रदेशकै उत्कृष्ठ ठहरिएको धरान स्थित युएन नबोदय कलेजले बिहिबार लिएको कक्षा ११ को प्रवेश परिक्षामा पहिलो दिन ३ सय ६० जनाले सहभागि जनाएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका बिद्यार्थीहरुको उपस्थिती उत्साहजनक रहेको छ । कलेजका अनुसार कक्षा ११ को भर्नाका लागि भौतिक रुपमा उपस्थित भएर २ सय ५० जना र अनलाईनबाट १ सय १० जना सहभागि भएका थिए । आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए । उनले भने, “हामिले बिद्यार्थीहरुको प्रबेस परीक्षा मास्क, सेनिटाईजर लगाएर भौतिक दुरि कायम गरि पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर लियौ ।”

गत सालको भन्दा यो साल उत्साहजनक रुपमा बिद्यार्थीको उपस्थिती रहेको कलेजका प्रमुख तुम्बापोले बताए । कलेजले यसै शैक्षिक शत्रबाट साईन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरि तीन वटा नयाँ बिषयहरु थप गरेको छ । एक दशक अगाडि स्थापना भएको कलेजले आफ्नो छोटो शैक्षिक यात्रामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेस १ टप गरि छुट्टै पहिचान बनाउन सफल भएको छ ।

प्रदेश नम्बर १ का विभिन्न जिल्लाका एसइई टपरहरुको रोजाईमा पर्दै आएको युएन नबोदय कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रीयाकलापमा जोड दिदै आएको छ । मिस पुर्वान्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिइ उत्कृष्ट हुन सफल बिद्यार्थीहरु समेत यसै कलेजमा अध्ययनरत रहेको क्याम्पस प्रमुख तुम्बापोको भनाई छ ।

उनले भने, “हामिले गुणस्तरीय शिक्षा त प्रदान गरेका छौ नै, बिद्यार्थीहरुको समग्र बिकासका लागि अन्य अतिरिक्त क्रियाकलापमा पनि हौसला प्रदान गर्दै विशेष जोड दिन्छौ, त्यसैले बिद्यार्थीहरुको रोजाईमा यु.एन.नबोदय कलेज पर्दछ ।”

यसै शैक्षिक शत्रबाट साइन्स भित्र्याएकोले म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा जस्तै साइन्समा पनि प्रदेस १ कै ब्रान्ड कलेज बनाउन लागि पर्ने तुम्बापोले बताए । कलेजले साइन्स पढ्ने बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मात्र नभएर सन्दुक रुइत, महाबिर पुन जस्ता बैज्ञानिक बन्न पुरै उत्प्रेरित गर्ने योजना रहेको उनले बताए । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर, पुर्वान्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर टिममा भएकाले र सुबिधा सम्पन्न साइन्स ल्याब भएकाले साइन्समा पनि यु.एन.नबोदय उत्कष्ट हुने कलेजले दाबी गरेको छ ।

received_1454542728263107 received_286875493207025 received_3011647842412847

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved