एसइई स्पीकर विजेता दिपेनलाई युएनमा पुर्ण छात्रवृत्ति

  • साउन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एस.ई.ई.स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि धरान–१६ स्थित यु.एन.नबोदय कलेजले पुर्ण छात्रबृत्ती प्रदान गरेको छ ।

मंगलबार कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खादा सहित स्वागत गरेका थिए । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारीले पुर्ण छात्रबृत्तिमा मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्समा भर्ना भई सकेका छन् ।

-याडिकल लाईट नेपाल प्रा.लिले आयोजना गरेको एस.ई.ई. स्पीकर धरानको गत साउन २३ गते भएको फाईनलमा “देशको बेरोजगारी समस्या र युवा” शिर्षकमा दिपेनले आफ्नो बिचार ब्यक्त गरेका थिए । धरान–१६ कै चन्द्र सन्स्कृत मा.बि. बाट एस.ई.ई.दिएका भण्डारीले हालै प्रकाशित भएको नतिजा अनुसार ३ दशमलब ५५ जिपिए प्राप्त गरेका छन् ।

एस.ई.ई. स्पीकरको बिजेता बनेर छात्रबृत्ती पाए पनि यस अघि नै यु.एन.नबोदय भौतिक पुर्बाधारयुक्त, राम्रो शैक्षिक वातावरण, बिद्यार्थीलाई अतिरिक्त क्रीयाकलापमा जोड दिने र प्राज्ञ शैक्षिक ब्यक्तित्वद्वारा सन्चालन भएको कलेज भएको हुनाले आफ्नो रोजाईमा यु.एन.नबोदय परेको भण्डारीले बताए । उनले भने, “मैले कलेज भिजिट पनि गरे र आफुले सुने अनुसार नै कलेजको वातावरण पाएकोले यु.एन.नबोदय पढ्ने निधो गरेको थिए ।”

एस.ई.ई. स्पीकर धरानको बिजेतालाई छात्रबृत्ती प्रदान गर्न पाउँदा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताए । बिद्यार्थीहरुको गुणस्तरिय शिक्षा र चौतर्फी बिकासको लागि कलेजको तर्फबाट टेवा दिन कुनै कसर बाकी नराख्ने क्याम्पस प्रमुख तुम्बापोले बताए । होटल म्यानेजमेन्टमा प्रदेश नम्बर १ कै ब्राण्ड कलेजको रुपमा चिनिएको यु.एन.नबोदय कलेजमा यसै शैक्षिक शत्रबाट साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन बिषय थप गरिएको छ ।

 

dipen1

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved