युएनकी प्रिजा ‘प्रदेश टपर’

  • माघ २६, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् ।

चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै विद्यार्थी पास गराउनेमा युएन कलेज नै परेको छ, भनौं, सबैको नतिजा उत्कृष्ट नै छ ।’

उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा पूर्वमै आफ्नो कलेजले ‘लिडिङ’ गरिरहेको दावी गरे । यसअघि तेस्रो सेमेष्टरको नतिजामा पनि प्रिजाले धरान प्रथम तथा प्रदेश १ सेकेण्ड टप गर्न सफल भएकी थिइन् । उनले यसअघि ३ दशमलव ८४ जिपिए ल्याएकी थिइन् । त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो बन्न सफल भएकी थिइन् । उनले ३ दशमलव ७३ जिपिए ल्याएकी थिइन् ।

यसअघि कलेजले प्रदेश टप, प्रदेश सेकेण्ट टप, प्रदेश थर्ड टप, धरान टपजस्ता विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको थियो । कलेजले यसअघि नै नेपाल टपलाई नगद ५० हजार पुरस्कार, सम्मानपत्र र प्रदेश टपलाई २५ हजार र सम्मानपत्र, थर्ड टपलाई नगद १५ हजार रुपैयाँले सम्मान र पुरस्कृत गर्दै आएको छ । अघिल्लो वर्ष प्रिजाले नगद २० हजार रुपैयाँ पुरस्कार सम्मानपत्रले अभिभावककै उपस्थितिमा सम्मान पाइसकेकी छिन् ।

अहिले पनि बिएचएम पढ्न विद्यार्थीको चाप रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् । उनले बिएचएमका लागि यसपटक १ सय जना विद्यार्थीले ‘इन्ट्रान्स’ मा सहभागिता जनाएको बताए । उनले प्रदेश १ भरी होटल म्यानेजमेण्ट पढाइ हुन थालेपछि बिएचएममा विद्यार्थीको भीड रहेको बताए ।

कलेजमा प्लस टु लेवलदेखि ब्याचलर्स लेवलसम्म अध्ययन अध्यापन हुने गरेको छ । प्लस टु तर्फ म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, विज्ञान, ब्याचलर्सतर्फ चार वर्षे बिबिएस, आठौं सेमेष्टरको बिएचएम पठनपाठन हुने गरेको छ । कलेजले बिएचएम पढ्न काठमाडौं धाउनुपर्ने बाध्यतालाई रोकेको छ ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved