धरान । प्रदेश एकमा वडाध्यक्षको हकमा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीयतहका १ हजार १ सय ५७ वडामा एमालेका ४ सय ७२ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । समाचार तयार पार्दा सम्म अन्तिम मत परिणाम सार्वजनिक भएका १ हजार १ सय ४० वडा मध्ये एमालेका ४ सय ७२ जना निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १ सय ४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ । त्यस्तै काँग्रेसले हालसम्म ४ सय ६० वडाध्यक्षमा जीत हात परेको छ । उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम
धरान । सुनसरीको १२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आएका सबै स्थानीय तहमा अधिकांशमा पालिमामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजय भएसँगै काँग्रेसले सुनसरी जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ । कम्युनिष्टहरुको गढ मानिएको सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीमै एमालेलाई झट्का लागेको छ । ०७४ सालको उपनिर्वाचनमा मेयर, उपमेयर र १४ वडा जितेको एमाले मेयर उपमेयर गुमाउदै १० वडामा खुम्चिएको छ । यस्तै काँग्रेसले एक उपमहानगर सहित ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको छ । परिणाम अनुसार कांग्रेसले एक उपमहानगर सहित ३ नगरपालिका र ३ गाउँपालिकामा जित हात पारेको छ भने
धरान । सुनसरीका १२ स्थानीय तहमा मत परिणाम सम्पन्न भइसकेको छ । मत परिणाम सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम सपथग्रहण गर्ने काम पनि भइरहेको छ । अन्य स्थानीय तहको तुलनामा धरानमा भने सपथग्रहण पृथक रहेको थियो ।धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक देखिनुको कारण विगतमा जनप्रतिनिधिहरुसँगै खानेपानी समस्या, कर बृद्धि तथा अन्य कुरामा आन्दोलनमा उत्रिदै आएका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरको हैसियतले दलका जनप्रतिनिधिहरुलाई सपथ खुवाएको दृश्य हो । ०७४ सालको स्थानीय निर्वाचनमा निर्व
धरान । लालिगुराँस नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित भएका छन् । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा उत्रिएका उनले ५ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । माबुहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका हुन् । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे । मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बनेका थिए । उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् । कांग्रेसले
धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेष्ठ ५ गतेभित्र सम्पूर्ण मतदान सम्पन्न गर्न निर्देशन दिएका छन् । आयुक्त थपलियाले धरानमा रहेको निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन । उनले मत गणनाका लागि चाहिने जनशक्ति लगायतका कुरा आयोगले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै निर्वाचन आयुक्तद्वारा मतगणनाको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका छन् । उनले भने–‘जेष्ठ ५ गतेसम्म मत गणना सम्पन्न गर्नुपर्छ नत्र सैवधानिक सकट हुन सक्छ ।’ उनजले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बताउदै धरानका निर्वाचन
धरान । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र
धरान । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राती देखि नै मौन अवधि शुरु भएको छ । आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए। बुधबार देखि शुक्रबार निर्वाचन सम्पन्न नभए सम्म हुने मौन अवधिमा कुनै पनि राजनितिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसार गर्न तथा भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ र नियम उल्लंघन गरे कारबाही गर्ने जनाएको छ । मौन अव
धरान । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जीवनसँग जोडेर जाने उम्मेदवारहरु बताउँछन् ।विचौलिया अन्त्य नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथ
धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई चाहिने सामाग्री जिल्ला निर्वाचन कार्यालय सुनसरीले मातहतमा रहेका मतदान केन्द्रमा पठाएको छ । निर्वाचन कार्यालयले धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, वर्जु गाउँपालिका, हरिनगरा र देवानगञ्जका निर्वाचन अधिकृतको कार्यालयलाई चाहिने सामाग्री पठाएको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रका अनुसार निर्वाचनमा चाहिने सामाग्री मतपेटिका, निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक अनुसूचीहरू, मतदाता नामावलीहरु, स्वस्तिक छाप लगायतका ५८ प्रकारको सामाग्री रहेको छ । सुनसरीका १२ पालिका मध्ये सोमबार पहिलो चरणमा ५ पालिकाका लागि सामाग्री वितरण गरिएको हो भ
धरान । धरान स्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आवद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आवद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउदा निष्पक्षता माथि प्रश्न उठ्छ । दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग