निर्वाचनमा दलका कार्यकर्ता खटाएको भन्दैं उजुरी

  • वैशाख २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आवद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आवद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउदा निष्पक्षता माथि प्रश्न उठ्छ ।

दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नभएको एमालेले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उनी पार्टीमा भएको भन्ने उजुरी आएको बताए । ट्रेड युनियनमा भएका कर्मचारीहरुलाई भने हामीले व्यवस्थापन गरेका छौं । कुनै पनि कर्मचारी दलसँग आवद्ध हुन नपाईने कानुनमा छ । बराहक्षेत्रमा खटिएका एक कर्मचारी ट्रेड युनियनमा भएको पाइए पछि फिर्ता बोलाइएको उनले बताए । निर्वाचन कार्यालय धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले यस विषयमा उनी दलसँग आवद्ध नभएको पाइएको बताए । उजुरी आए पछि उनलाई निगरानीमा राखेर काममा खटाइएको बताइएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved