सुनसरीका १२ स्थानीय तहको मत परिणाम सार्वजनिक: अधिकांशमा कांग्रेसको उमेद्वार विजयी

  • जेठ १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको १२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आएका सबै स्थानीय तहमा अधिकांशमा पालिमामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

विजय भएसँगै काँग्रेसले सुनसरी जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ ।

कम्युनिष्टहरुको गढ मानिएको सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीमै एमालेलाई झट्का लागेको छ । ०७४ सालको उपनिर्वाचनमा मेयर, उपमेयर र १४ वडा जितेको एमाले मेयर उपमेयर गुमाउदै १० वडामा खुम्चिएको छ । यस्तै काँग्रेसले एक उपमहानगर सहित ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको छ । परिणाम अनुसार कांग्रेसले एक उपमहानगर सहित ३ नगरपालिका र ३ गाउँपालिकामा जित हात पारेको छ भने एक उपमहानगरमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यता एमालेले १ नगरपालिका सहित २ गाउँपालिका र जनता समाजवादी पार्टीले १ गाउँपालिकामा जितेको छ ।

एमालेको पकड मानिएको धरानमा स्वतन्त्र उम्मेदवार हर्क राज राई साम्पाङ विजयी भएका छन् भने इटहरी उपमहानगरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् ।

धरानमा साम्पाङले कांग्रेसका किशोर राई लाई पछि पार्दै विजयी भएका हुन् । इटहरीमा कांग्रेसका पौडेलले एमालेका इटहरी नगर अध्यक्ष याम सुब्बालाई पछि पार्दै विजयी भएका हुन् ।

त्यस्तै कांग्रेसको तर्फबाट इनरुवामा प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनिता मेहेता, दुहवीको प्रमुखमा वेद नारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल खतिवडा, बराहक्षेत्रमा रमेश कार्की, कोशी गाउँपालिकामा अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव हरिनगर गाउँपालिकाको अध्यक्षमा गफार मिया अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत विजयी भएका छन् । भोक्राहानरसिहं गाउँपालिकामा अजमद अख्तर अन्सारी र सुनिता कुमारी उराँवले विजय हासिल गरेका छन् ।

धरानको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादीका आइन्द्रविक्रम वेघा निर्वाचित भएका छन् । यता एमालेको तर्फबाट जिल्लामा इटहरीको उपमेयरमा संगिता चौधरी र बराहक्षेत्रको उपमेयरमा नन्द कुमारी राई विजयी भएकी छिन् । रामधुनी नगरपालिकाको मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा रहेका छन् । यता गढीमा अध्यक्ष आश नारायण चौधरी र उपाध्यक्षमा अनिता कुमारी साह छन् भने बर्जु गाउँपालिकामा जिवछ कुमार राय र उपाध्यक्षमा नितु कुमारी चौधरी रहेका छन् ।

त्यसैगरी देवानगंज गाउँपालिकामा जसपाको तर्फबाट अध्यक्षमा वेचन प्रसाद मेहेता र उपाध्यक्षमा कांग्रेसकी कुमारी विभा यादवले जितेका छन् ।
जिल्लाका सबै स्थानीय तहका मत गणना सम्पन्न भइसकेकाले विजयी उम्मेदवारहरुले पदभार ग्रहण तथा सफद ग्रहण गरिसकेका छन् । जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा विजयीहरुलाई सोमबार जिल्ला प्रशासन कार्यालयका प्रमुखले सपथ खुवाएका थिए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved