तेह्रथुमको लालिगुराँसमा दोस्रो पटक मावुहाङ विजयी

  • जेठ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लालिगुराँस नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित भएका छन् । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा उत्रिएका उनले ५ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् ।

माबुहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका हुन् । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे ।

मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बनेका थिए ।

उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् ।

कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासील गरेको छ । त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन् ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved