मौन अवधि सुरु: नियम उल्लंघन गरे उम्मेदवारी रद्द

  • वैशाख २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राती देखि नै मौन अवधि शुरु भएको छ ।

आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए।

बुधबार देखि शुक्रबार निर्वाचन सम्पन्न नभए सम्म हुने मौन अवधिमा कुनै पनि राजनितिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसार गर्न तथा भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ र नियम उल्लंघन गरे कारबाही गर्ने जनाएको छ ।

मौन अवधि सुरु हुनै लाग्दा मंगलबार नै निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरेका छन् । यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा मतदान लगायत कुनै पनि प्रकारका छलफल गर्न पाइने छैन । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल सम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाइनेछैन । नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको परिच्छेद खण्ड ७१ को १६ नम्बरमा मौन अवधिमा पालना गर्नुपर्ने नियम लेखिएको छ । नियम अनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । त्यसै गरि मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ भने एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन ।

त्यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न नपाइने, कुनै पनि उम्मेदवारको लागि राखिएको सामग्री बिक्री वा प्रदर्शन गर्न नपाइने नियममा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउने भएको छ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले उम्मेदवारी रद्द गर्न देखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता पालन भए, नभएको अनुगमनका लागि टोली पनि परिचालन गर्नेछ र उक्त टोलीले आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गर्न सक्ने जनाएको छ ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved