धरानमा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथग्रहण: अन्य स्थानीय तहको भन्दा सपथग्रहण पृथक देखियो

  • जेठ १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीका १२ स्थानीय तहमा मत परिणाम सम्पन्न भइसकेको छ । मत परिणाम सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम सपथग्रहण गर्ने काम पनि भइरहेको छ ।

अन्य स्थानीय तहको तुलनामा धरानमा भने सपथग्रहण पृथक रहेको थियो ।धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक देखिनुको कारण विगतमा जनप्रतिनिधिहरुसँगै खानेपानी समस्या, कर बृद्धि तथा अन्य कुरामा आन्दोलनमा उत्रिदै आएका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरको हैसियतले दलका जनप्रतिनिधिहरुलाई सपथ खुवाएको दृश्य हो ।

०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले सपथगहण गराउदा राजनीतिक दलको प्रतिनिधिबाट निर्वाचित भएर आएका मेयरले उपमेर तथा वडाध्यक्ष, वडासदस्यलाई सपथग्रहण गराएका थिए तर यसपटक भने उपमहानगरपालिकाको प्रमुखको पद जितेका स्वतन्त्र उमेद्वारका उमेद्वार मेयर हर्क साम्पाङले अन्य जनप्रतिनिधिलाई गराएको सपथग्रहणमा पृथकता देखिएको हो ।

शुरुमा उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट विजय भएका उपमेयर आइन्द्रविक्रम बेघालाई सपथ ग्रहण गराए । त्यसपछि उनले धरानका २० वटै वडाका वडाध्यक्ष तथा वडादस्यलाई सपथग्रहण गराए । सपथ ग्रहण गराउदा कोही सपथग्रहणको कागज नै नबोकी अर्को वडाध्यक्षको कागज टाउको बटारी बटारी हेर्दै भन्थे भने कोही केही नबोली चुप लागेर बसेको दृश्य हेर्न लायक थियो ।

अत्यन्तै सानो कोठामा भएको सपथग्रहणलाई जनप्रतिनिधि र व्यवस्थापन गर्ने निर्वाचन आयोगका कर्मचारीको वेवास्ता प्रष्ट देखिएको थियो ।

वैसाख ३० गते सम्पन्न निर्वाचनबाट स्वतन्त्रबाट निर्वाचित भएका हर्क साम्पाङले जिल्ला निर्वाचन अधिकृत एवम् सुनसरी जिल्ला अदालत १ नं. न्यायाधिश कैलाश सुवेदीले इनरुवामा सपथग्रहण गराए लगतै उनले धरानमा नवनिर्वाचित उपमेयरसँगै वडाअध्यक्ष तथा वडासदस्यलाई सपथग्रहण गराएका हुन ।

सपथगहणमा सहभागी रहेका साहित्यकार, बुद्धिजीवि, राजनीतिक विश्लेषक प्रा.डा. टंक न्यौपानले निर्वाचित मेयर र उपमेयरलाई टोपी लगाएर स्वागत गरेका थिए । उनले खानेपानी समस्या समाधनको मुख्य एजेन्डा लिएर आएका साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा लिएको बताएका थिए । उनले निवाचित भएर गएपनि सबै धरानका विकासका लागि काम गर्ने भएकोले अब यो दल, त्यो दल भनेर कित्ताकाट गर्नुभन्दा पनि सबैले मिलेर काम गर्न सुझाव दिए । उनले भने–‘विगतमा के भयो त्यसलाई विर्सेर सबै धरानको विकासको मुद्धामा लाग्नुपर्छ, धरानलाई सम्मृद्ध धरान बनाउन एक भएर जानुपर्छ ।’

सपथग्रहण भएपनि मेयर साम्पाङले मंगलबारबाट मात्र पमहानगरपालिकाको कार्यभार सम्हाल्ने भएका छन भने उपमेयर बेघाले भने सोमबारबाट उपमहानगरपालिकाको कार्यभार सम्हालेका छन् ।

सपथग्रहण कार्यक्रमा निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपाल, निर्वाचन अधिकृत कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको सहभागितामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

धरानमा सम्पन्न निर्वाचनबाट पहिलो पटक स्वतन्त्र उमेद्वार हर्क साम्पाङ मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा गठबन्धनका तर्फबाट उमेद्वार बनेका माआवादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । यसैगरी २० वडा रहेको धरानमा १० वडा नेकपा एमालेले, ७ वडा नेपाली काँग्रेस, एक वडा स्वतन्त्र, एक वडा राप्रपा र एक वडा माओवादी केन्द्रले जित हात पारेको छ ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved