जेष्ठ ५ भित्र मत गणना सम्पन्न गर्न प्रमुख आयुक्तको निर्देशन

  • जेठ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेष्ठ ५ गतेभित्र सम्पूर्ण मतदान सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आयुक्त थपलियाले धरानमा रहेको निर्वाचन अधिकृत कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन ।

उनले मत गणनाका लागि चाहिने जनशक्ति लगायतका कुरा आयोगले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै निर्वाचन आयुक्तद्वारा मतगणनाको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन दिएका छन् । उनले भने–‘जेष्ठ ५ गतेसम्म मत गणना सम्पन्न गर्नुपर्छ नत्र सैवधानिक सकट हुन सक्छ ।’

उनजले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बताउदै धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन दिएका छन् । थपलियाले कर्मचारीहरुको सुविधा बढाउन आयोग सकरात्मक रहेको भन्दै सहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।

उनले भने–‘ जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरी गणना कार्यलाई अघि बढाउनुस् ५ गते १२ बजेभित्र २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको छ ।’ उनले स्थानीय तह जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको मुख्य उद्देश्य रहेको पनि बताए ।

मोरङको रंगेली नगरपालिकामा भएको विवादपछि स्थगित भएको मतगणना सल्टाउन रंगेली आउनु भएका आयुक्त थपलियाले मोरङ र सुनसरीका निर्वाचन कार्यालयमा भइरहेको मत गणनाको वस्तुस्थिति बुझ्नु भएको हो । त्यस अवसमा रंगेलीमा विवाद मिलिसकेको र मतगणना शुरु भइसकेको समेत जानकारी दिनुभयो ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved