बडी विल्डिङ एण्ड फिटनेश संघ धरानको अध्यक्षमा बिकास भाटी

  • साउन १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा विकास भाटी सर्वसम्मतले चयन हुनुभएको छ ।

श्रावण ९ गते शनिबार सुनसरी बडीविल्डिङ एण्ड फिटनेश संघका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा नेपाल बडीविल्डिङ एण्ड फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष रनबहादुर थेवेको प्रमुख आतिथ्यमा बसेको बैठकले भाटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यसैगरी संघको प्रथम उपाध्यक्षमा सन्दीप गिरी, द्वितीय उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप ९अमृत० लिम्बु, सहसचिवमा रञ्जना राई र कोषाध्यक्षमा समिनकला राईलाई चयन गरेको छ भने सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्के, शुभम श्रेष्ठ, तुसार साह र विनोद नेपाली रहनुभएको छ ।

आगामी चार वर्षको कार्यकाल रहेको संघलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा दर्ता गर्ने, धरानमा बडीविल्डिङ तथा फिटनेश संघ र नेपाल बडीविल्डिङ एण्ड फिटनेश संघसँग आवश्यक समन्वय गर्दै संस्थागत गतिविधि अगाडि बढाउने र आगामी साधारण सभा लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने नवगठित कार्यसमितिले निर्णयसमेत गरेको छ ।

सो अवसरमा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष थेवेले धरानमा छुट्टै बडीविल्डिङ एण्ड फिटनेश संघको गठन हुनु समयको आवश्यकता भएको उल्लेख गर्दै नयाँ समितिलाई खेलाडीको हित, खेलको विकास र संस्थाको गरिमालाई उच्च प्राथमिकतामा राखी काम गर्न सुझाव दिँदै कार्यसमितिका पदाधिकारीहरूलाई शुभकामना दिनुभएको थियो ।

सुनसरीमा चेक अनादरदे ...

धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ...

४० वर्षसम्म फरार हत् ...

विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोष ...

श्रीमान् र बाबुको हत ...

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाब ...

भाँडा माझिरहेकी महिल ...

झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved