प्रदेश एकमा वडाध्यक्षमा पहिलो बन्यो एमाले

  • जेठ १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश एकमा वडाध्यक्षको हकमा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीयतहका १ हजार १ सय ५७ वडामा एमालेका ४ सय ७२ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

समाचार तयार पार्दा सम्म अन्तिम मत परिणाम सार्वजनिक भएका १ हजार १ सय ४० वडा मध्ये एमालेका ४ सय ७२ जना निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १ सय ४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ । त्यस्तै काँग्रेसले हालसम्म ४ सय ६० वडाध्यक्षमा जीत हात परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन ।

वडागत जीतका आधारमा दोस्रो स्थानमा रहेको काँग्रेस पालिका प्रमुख÷उप–प्रमुख जीतका आधार भने अगाडी रहेको छ । कांग्रेसले हालसम्म २२ प्रमुख, ४६ अध्यक्ष गरी ६८ जना निर्वाचित भएका छन् उपप्रमुख÷उपाध्यक्ष तर्फ ११ उपप्रमुख र ३५ उपाध्यक्ष गरी ४६ जना निर्वाचित भएका छन् ।

यता हालसम्म सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार एमालेले ४७ प्रमुख÷अध्यक्षमा जीत हात पर्दै दोस्रो स्थानमा रहेको छ । उसले २३ स्थानमा प्रमुख /अध्यक्ष र उप–प्रमुख/उपाध्यक्षमा समान ३१–३१ स्थानमा जीत हात परेको छ ।

यस्तै १२ वटा पालिकाको प्रमुख र अध्यक्ष र १९ वटा उप्रप्रमुख÷ उपाध्यक्ष जितेको माओवादी केन्द्रले हालसम्म प्रदेश १ मा १ सय २४ वडाध्यक्ष जितेको छ । २ वटा पालिकाको प्रमुख र अध्यक्ष र ५ जना उपप्रमुख÷उपाध्यक्ष जितेका नेकपा एकीकृत समाजवादीले २० स्थानमा वडाध्यक्षमा जीत निकालेको छ । यस्तै २ वटा अध्यक्ष र २ उपाध्यक्ष जीत हातपरेको जसपाले २० वटा वडाध्यक्ष जितेको छ भने दुईवटा पालिकाको प्रमुख र अध्यक्ष र २ वटा उपप्रमुख÷उपाध्यक्ष जितेको राप्रपाले १४ वटा वडामा जितेको छ । तीन स्थानमा प्रमुख÷अध्यक्ष जीतका स्वतन्त्र उम्मेद्वारले २४ वडाध्यक्ष जितेका छन् ।

त्यसैगरी, ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ नं. वडामा १ जना स्वतन्त्र उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् भने लो.स.पा बाट १ जना निर्वाचित हुँदा संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च बाट २ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रदेश १ को निर्वाचन परिणाम आउन अब १ पालिकाको मात्रै बाँकी छ । प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब त्रियुगा नगरपालिकाको मत परिणाम आउँन बाँकी रहेको छ ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved