कटहरीका उम्मेदवार भन्छन्: ‘चुनावमा प्रतिस्पर्धा, त्यसपछि एकता’

  • वैशाख २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् ।

संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जीवनसँग जोडेर जाने उम्मेदवारहरु बताउँछन् ।
विचौलिया अन्त्य

नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । ‘हरेक क्षेत्रमा विचौलियाका कारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ, उनले भने, विचौलियाको अन्त्य गरी नागरिकको लागि सहज सेवाप्रवाह गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’

आफू दलित भएको सुनाउँदै उनले अहिलेसम्मका जनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमा कामै नगरेकोले आफ्नो प्राथमिकता गरिब र दलित समस्या समाधानमा केन्द्रित हुने उनले बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने आफ्नो योजना रहेको उल्लेख गरे ।

उद्योगी र ब्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अबसर सिर्जना गर्ने उनको प्रतिबद्धता छ ।

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved