सम्पादकीय

    Showing 81-90 of 204 items.
  • कोभिड सङ्क्रमणप्रति बेलैमा सजग बनौँ

    छिमेकी देशहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएकोले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको समाचार प्रकाशमा आएको छ ।  हुन पनि चीनमा कोभिडको सङ्क्रमण पुनः विस्फोटक रूपमा बढेको र त्यसलाई व्यवस्थापन गर्न चीनलाई ठूलो सकस परिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गर्न थालेका छन् । चीनमा कोभिडको सङ्क्रमण दरसँगै मृत्युदर पनि अत्यधिक बढिरहेको

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 373 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • ऐतिहासिक संरचनाको संरक्षण आवश्यक

    उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचना भइरहेको समाचार प्रकाशमा आएको छ । सो ऐतिहासिक गढीले पुरानै स्वरूप प्राप्त गर्दै गरेको समाचारले नेपालीहरूलाई पक्कै पनि सुखद् अनुभूति दिएको छ । हरेक क्षेत्रमा बेथिति र अराजकता मात्र व्याप्त भइरहेको बेला आएको सकारात्मक समाचारले सर्वसाधारणमा आशाको सञ्चार गरेको छ । यो स्वाभाविक पनि हो । तीन वर्षयता भइरहेको पुनर्संरचनाअन्तर्गत गढीको निर्माण कार्य अहिलेसम्म झन्डै ८० प्रतिशत पूरा भएको समाचारमा उल्लेख छ । यो गढी २५० वर्षभन्दा अघिको सो गढी ध्वस्त भएको थियो तर अहिले भग

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 360 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • शैक्षिक गुणस्तरमा सुधार आवश्यक

    सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर दिनदिनै बिग्रँदै गएको छ । केही अपवादलाई छाड्ने हो भने अधिकांश सामुदायिक विद्यालयको खराब प्रदर्शन चिन्ताजनक छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी उचित प्रतिफल दिन असफल भएको छ । यस्तै अवस्थालाई ध्यान दिएर अहिले विद्यालय तहलाई नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । त्यसैले विद्यालय तहको शैक्षिक स्तरमा सुधार ल्याउने जिम्मेवारी अब स्थानीय तहमा आएको छ । नयाँ संविधानले व्यवस्था गरेको सङ्घीय संरचनाअन्तर्गत तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूसँग बजेट परिचालन गर्ने अधिकार छ । अहिले स्थानीय तह पहिलेभन्दा शक्तिशाली र अधिकार सम्पन्न भएको छ तर सामुदा

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 343 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • रोजगारीको सिर्जना आवश्यक

    हरेक वर्ष सयौँ नेपालीले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । पछिल्ला तीन वर्षमा मात्र ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा उल्लेख भएअनुसार सन् २०१९÷०२० देखि २०२१÷०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाले ज्यान गुमाएका छन् । सन् २००८÷०९ देखि २०२१÷०२२ सम्ममा भने १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोनागायतका छन् । कतिपयले भने कार्यक्षेत्रमै ज्यान

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 316 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • किसानलाई सहयोग गर

    धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीतर्फ किसान आकर्षित भएको समाचार त्यहाँबाट आएको छ । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्पm किसानको आकर्षण बढेको समाचारमा उल्लेख छ । यो धनकुटाको चित्र मात्र होइन । अहिले धेरै स्थानमा किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् । टनेल खेती गर्दा लगाइएको तरकारी सुरक्षित हुने र उत्पादन पनि राम्रो भएर प्रशस्त आम्दानी हुने भएपछि उनीहरू टनेल खेतीतर्पm आकर्षित बनेका हुन् । टनेल खेती गर्दा बेमौसमी तरकारी उत्पादन गर्न पनि सकिन्छ । यसरी किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो । कृषि क्षेत्रमा आधुनिकीकरण र व

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 423 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • खानेपानी बोर्डको हिसाब तत्काल सार्वजनिक गर

    धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अहिले विवादमा तानिएका छन् । उनले नेपालको संविधान, प्रचलित कानुन तथा समाजको मर्यादाविपरीत विभिन्न गतिविधि गरेको भन्दै उनको विरोध भइरहेको छ । यसै क्रममा उनले धरान खानेपानी बोर्डको हिसाबसम्बन्धी सूचना कसैलाई नदिन भनी निर्देशन दिएको भन्ने विषय पनि सार्वजनिक भएको छ । उनको यो निर्देशन देशको संविधान र प्रचलित कतिपय कानुनविपरीत छ । आफू मेयर पदमा निर्वाचित हुनुअगि उनले धरान खानेपानी बोर्डमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै बोर्डको आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्ने गरेका थिए । स्थानीय तहको निर्वाचनकै क्रममा पनि उनले यस विषयलाई प्रमुखताका साथ उठाएका थि

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 371 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • दलहरू, जिम्मेवार बन

    पूर्वका तीन जिल्लामा हिंसाका घटना बढेको तथ्याङ्क राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ । आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले खोटाङमा कार्यक्रम आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगका अनुसार खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा हिंसाका घटना बढेका छन् । यी तीन जिल्लामा सम्बन्ध विच्छेद, महिला हिंसा, घरेलु हिंसा र बाल हिंसाका घटना बढिरहेका छन् । हुन त अन्य जिल्लाबारे यस्तो कुनै प्रतिवेदन सार्वजनिक भएको छैन । अन्य जिल्लामा भएका हिंसात्मक घटनाबारे पनि अध्ययन हुनु आवश्यक छ । पूर्वका तीन जिल्लामा भएका घटनाबारे सार्वजनिक तथ्याङ्क चिन्ताजनक छ । यी तीन जिल्लामा हत्याका घटनामा पनि व

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 421 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्यादेश फिर्ता लेऊ

    मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश–२०७९ राष्ट्रपति कार्यालयमा पुगेको छ । अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले आइतबार गरेको थियो । सरकाले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिने उद्देश्यले यो अध्यादेश ल्याएको हो । वर्तमान सत्ता गठबन्धनले नयाँ सरकार निर्माणको गाँठो फुकाउन यस्तो अध्यादेश ल्याउन खोजेको कुरा बुभ्mन अप्ठ्यारो छैन । नयाँ सरकार निर्माणका लागि आवश्यक सांसद्हरूको सङ्ख्या अपुग भएपछि सत्ता गठबन्धनमा संलग्न दलहरू आप्mनो पक्षमा थप सांसद्हरू ल्याउन प्रयासरत्

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 526 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लै‌‌गिक हिंसाविरुद्ध निरन्तर दवाब आवश्यक

    ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वव्यापी रूपमा सञ्चालन भएको छ । डोमिनिकन गणतन्त्रको मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ का दिन निर्मम हत्या गरेको थियो । समानताको आवाज उठाउँदा ज्यान गुमाएका तीन दिदीबहिनीको साहसको कदर गर्दै ल्याटिन अमेरिकी देशहरूले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । एकै परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूकै सम्मान र सम्झनाका लागि १६ दिने

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 438 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिबलाई चिसोबाट जोगाऊ (सम्पादकीय)

    हामी मङ्सिर महिनाको अन्तिम सातामा छौँ । वातावरणमा तापक्रम घट्दै गएको छ र देशभरिको मौसम चिसिँदै गएको छ । मौसमविद्हरूले पनि अब देशभर चिसो बढ्दै जाने बताएका छन् । तापक्रम घट्दै जाँदा चिसो क्रमशः बढ्दै जानेछ । यो स्वाभाविक प्रक्रिया हो । हिउँद याममै चिसोको समय हो । यस याममा चिसो बढ्दै जानु अस्वाभाविक होइन । केही दिनयता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ । हरेक वर्ष हिउँद याममा यसै गरी चिसो बढ्दै जान्छ । समयको यो चक्रलाई हामीले स्वाभाविक रूपमा लिनैपर्छ तर यति भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हाम्रो देशमा हरेक वर्ष यसै बेला अत्यधिक चिसोका कारण केही सवृसाधारणले ज्यान गुमाउने गरेका छन् । त्यसक

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved