सम्पादकीय

    Showing 41-50 of 210 items.
  • समन्वय र सहकार्य आवश्यक (सम्पादकीय)

    धरानका मेयर हर्कराज राई (साम्पाङ) आफ्नै क्रियाकलापका कारण दिनहुँ नयाँ–नयाँ विवादमा मुछिन थालेका छन् । आफ्नै अहङ्कारका कारण उनको चौर्तफी आलोचना हुन थालेको छ । सामाजिक सञ्जालमा आउने उनका तल्लो स्तरका अभिव्यक्ति तथा अरूलाई होच्याउने र मानमर्दन गर्ने भाषाले उनलाई एक्ल्याउँदै लगेको छ । सहकार्य र समन्वय गर्न नसक्दा उनी आफ्नै कार्यपालिका सदस्यहरूबाट त एक्लिएकै थिए, उनका अनावश्यक गतिविधि र अभिव्यक्तिका कारण छिमेकी नगरपालिकाहरू इटहरी र वराहसँग पनि उनको सम्बन्ध बिग्रिन पुगेको छ । समग्र धरानको विकास र धरानेहरूको समृद्धिका लागि यो चिन्ताको विषय हो । यसले धरानको विकासमा दीर्घकालीन असर पार्ने निश्चि

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 1,242 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संखुवाभामा थुनिएको नदी अझै खुल्न सकेको छैन

    संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ । सुख्खा पहिरो झरेर नदी थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको हो । अहिले नदीमा ७० प्रतिशत पानी जमेको प्रहरीको भनाई छ । १०–१५ प्रतिशत पानी निकास हुँदै आएको छ । एकैपटक पानी निकास गर्दा जम्मा भएको पानीको वहावले क्षति पुर्‍याउने भएकोले निकासको विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्न भने नछोडेको स्थानीयले बताएका छन् । अहिलेसम्म भौतिक तथा मानवीय क्षति भने नभ

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विषादीयुक्त खाद्य पदार्थ आयातमा रोक आवश्यक

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यो निकै महत्वपूर्ण निर्णय हो । अहिले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा मापदण्डभन्दा बढी हुने गरेको कतिपय विशेषज्ञहरूले बताउने गरेका छन् । यसरी मापदण्डभन्दा बढी मात्रामा जीवनाशक विषादी प्रयोग गरिएका तरकारी र फलफूल मानव स्वास्थ्यका लागि प्रतिकूल हुने स्पष्ट छ । त्यसकारण यस्ता खाद्यपदार्थको बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । यसका लागि सर्वप्रथमतः खाद्य वस्तुमा जीवनाशक विषादीको अधिकतम अवशेष निर्धारण हु

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 842 पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • तारलाई व्यवस्थित बनाऊ

    शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ ।  सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • विषादीयुक्त तरकारीलाई रोक

    नेपाल सरकार आफ्ना नागरिकहरूप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने यथार्थ बताउने घटनाहरू प्रशस्त छन् । यी घटनाहरूबाट सरकारको गैरजिम्मेवार र अनुत्तरदायी चरित्र छर्लङ्ग हुन्छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको घटनाबाट पनि सरकारको असली अनुहार उदाङ्गो भएको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करीब पाँछ महिनाअघि नै मन्त्रिपरिषद्मा पुगेको भए पनि ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारणले फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फर्काइएको समाचार प्रकाशमा आएको छ । खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 720 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • कारागारलाई सुधारगृह बनाऊ

    इलाम कारागारमा व्याप्त बेथिति कोशीपत्र दैनिकमार्फत् सार्वजनिक भएको छ । नेपालकै पहिलो नमूना कारागारको रूपमा इलाम कारागारको भौतिक संरचना निर्माण गरिएको हो । आधुनिक विश्वमा कारागारलाई सुधारगृहका रूपमा हेर्ने गरिन्छ । यसै मान्याअनुरूप इलाम कारागारलाई पनि सुधारगृहकै रूपमा हेर्ने गरिन्थ्यो तर इलाम कारागारमा भित्रभित्रै मौलाइरहेका विकृत र विसङ्गत क्रियाकलापले कारागारको वास्तविक रूप उजागर गरेका छन् ।   हाम्रो देशमा देशभरिका कारागारहरूको अवस्था राम्रो नभएका सूचना र समाचारहरू विभिन्न माध्यमबाट बाहिर आइरहन्छन् । क्षमताभन्दा बढी कैदी राखिने अवस्थाका साथै खानेपानी, शौचालय, स्वास्थ्यलगायतका आधारभ

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 666 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • तत्काल कर्मचारी व्यवस्थापन गर

    पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • नर्सिङ पेसाप्रति गम्भीर बन

    कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 595 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • सुन्तला उत्पादनमा ह्रास : गम्भीरता आवश्यक

    पछिल्लो एक अध्ययनबाट धनकुटामा सुन्तलाको उत्पादन घटेको निष्कर्ष निस्किएको छ । धनकुटामा सुन्तलाको उत्पादनमा ह्रास आउनुको मुख्य कारण जलवायु परिवर्तन भएको अध्ययनको निष्कर्ष छ । अध्ययनले धनकुटा जिल्लाभरि सुन्तलाको उत्पादन ३५ प्रतिशतभन्दा बढीले घटेको देखाएको समाचार प्रकाशमा आएको छ । धनकुटाकै सहिदभूमि गाउँपालिकामा यो वर्ष दुई सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको कृषि शाखाले जनाएको छ । सो गाउँपालिकामा गत वर्ष तीन सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएके छ । यसरी केषि उत्पादनमा ह्रास आउनु चिन्ताको विषय हो । त्यस क्षेत्रका किसानहरूको आय आर्जनको मुख्य माध्यम नै सुन्तला हो तर सुन्तलाको उत्पादन हरेक

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 658 पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • सिलिन्डरको गुणस्तरीयतामा गम्भीर बन

    धरान–१७ को एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सोमबार आठजना घाइते भएका छन् । तीमध्ये दुईजनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । केही समयअघि काठमाडौँमा ग्यास चुहावट भएकै कारण आगोले जलेर नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने नेता भण्डारी पनि घाइते भए । उनको उपचार भारतमा भइरहेको छ । यसबाहेक पनि यसबीचमा देशका विभिन्न स्थानमा यस्ता घटना भएका समाचार आएका छन् । पछिल्ला यी घटनाहरूले ग्यास विस्फोट वा ग्यासको चुहावटका कारण मानव जीवनमाथि असुरक्षा बढ्न थालेका सङ्केत दिएका छन् । हुन त ग्यास सिलिन्डर विस्फोट वा ग्यास चुहावटका घटना मात्र हुन थालेका होइनन् । यसअघि पनि यस्ता घटन

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 771 पटक पढिएको
    • "काेशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved