पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया
कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया
पछिल्लो एक अध्ययनबाट धनकुटामा सुन्तलाको उत्पादन घटेको निष्कर्ष निस्किएको छ । धनकुटामा सुन्तलाको उत्पादनमा ह्रास आउनुको मुख्य कारण जलवायु परिवर्तन भएको अध्ययनको निष्कर्ष छ । अध्ययनले धनकुटा जिल्लाभरि सुन्तलाको उत्पादन ३५ प्रतिशतभन्दा बढीले घटेको देखाएको समाचार प्रकाशमा आएको छ । धनकुटाकै सहिदभूमि गाउँपालिकामा यो वर्ष दुई सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको कृषि शाखाले जनाएको छ । सो गाउँपालिकामा गत वर्ष तीन सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएके छ । यसरी केषि उत्पादनमा ह्रास आउनु चिन्ताको विषय हो । त्यस क्षेत्रका किसानहरूको आय आर्जनको मुख्य माध्यम नै सुन्तला हो तर सुन्तलाको उत्पादन हरेक
धरान–१७ को एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सोमबार आठजना घाइते भएका छन् । तीमध्ये दुईजनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । केही समयअघि काठमाडौँमा ग्यास चुहावट भएकै कारण आगोले जलेर नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने नेता भण्डारी पनि घाइते भए । उनको उपचार भारतमा भइरहेको छ । यसबाहेक पनि यसबीचमा देशका विभिन्न स्थानमा यस्ता घटना भएका समाचार आएका छन् । पछिल्ला यी घटनाहरूले ग्यास विस्फोट वा ग्यासको चुहावटका कारण मानव जीवनमाथि असुरक्षा बढ्न थालेका सङ्केत दिएका छन् । हुन त ग्यास सिलिन्डर विस्फोट वा ग्यास चुहावटका घटना मात्र हुन थालेका होइनन् । यसअघि पनि यस्ता घटन
हाम्रो देशमा सार्वजनिक सेवाका क्षेत्र चुस्त र व्यवस्थित छैनन् । गैरराजनीतिक क्षेत्रमा समेत अत्यधिक राजनीतिकरण हुँदा जताततै बेथिति देखिएको छ । अत्यधिक राजनीतिकरणकै कारण कतिपय क्षेत्र थला परेका छन् भने कतिपय क्षेत्र लथालिङ्ग अवस्थामा छन् । यस्तै राजनीतिक चलखेलको सिकार बनेको छ, विराटनगरस्थित कोशी अस्पताल । जनस्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई समेत राजनीतिको अखडा बनाउँदा यसको असर जनस्वास्थ्यमा पर्ने गरेको छ । सरकार वा मन्त्री परिवर्तनसँगै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने गरेको छ । २०६१ सालयता यहाँ १७ जना मेसु परिवर्तन भइसकेका छन् । कुनै ठोस कारण र आवश्
सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक धुवाँ धुलोबाट पीडित भएको समाचार प्रकाशमा आएको छ । सो सडकखण्डको स्तरोन्नति नहुँदा त्यहाँका नागरिकलाई लुगा र खाद्य सामग्री जोगाउन समस्या भएको छ । यति मात्र होइन, खेतबारीका अन्नबाली तथा तरकारी जोगाउन पनि समस्या भएको कुरा समाारमा उल्लेख छ । धुवाँ धुलोका कारण त्यहाँका नागरिकले स्वच्छ हावामा श्वास फेर्न पनि पाएका छैनन् । यसबाट त्यहाँका नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । सडक स्तरोन्नति हुन नसक्दा स्थानीयको जनजीवनमै नकारात्मक प्रभाव पर्न थालेको छ । धुलोले ढाकेर बालीनाली नसप्रिने समस्या किसानले भोगिरहेका छ
नेपालमा लघुवित्त कार्यक्रममाथि विभिन्न प्रश्नहरू तेर्सिन थालेका छन् । लघुवित्तबाट ऋण लिएका केही सर्वसाधारण ऋण असुलीका लागि लघुवित्तले दिएको अनावश्यक दवाबकै कारण आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको आरोपका कारण लघुवित्त कार्यक्रम नै विवादमा परेको छ । बङ्गलादेशमा भने प्रशंसनीय कार्य गरेको भन्दै लघुवित्तले उच्च सम्मान पाएको थियो तर यही कार्यक्रम यहाँ भने विवादित बनेको छ । निम्न वर्गका नागरिकहरूलाई पहिले ऋण लिन लोभ्याउने र ऋण लिएपछि ‘दुहुनो गाई’ बनाउने गरेको आरोप लघुवित्त कार्यक्रममाथि लागेको छ । लघुवित्त संस्थाका नकारात्मक पक्ष मात्रै छैनन् । यसका केही सकारात्मक पक्ष पनि छन
प्रत्येक वर्ष ५ लाखभन्दा बढी नेपालीले श्रम बजारमा प्रवेश गर्ने बताइन्छ । श्रम बजारमा प्रवेश गर्ने यी युवाका लागि स्वदेशमा रोजगारको पर्याप्त अवसर छैन। यसलाई कुनै पनि सरकार वा राजनीतिक दलले गम्भीरतापूर्वक आफ्नो एजेन्डा बनाएको छैन । स्वदेशमा रोजगारको अवसर नपाएपछि नागरिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । अहिले पनि दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । यीमध्ये अधिकांश खाडी, मलेसिया, जापान, दक्षिण कोरिया र पूर्वी युरोपसम्म पुग्ने गर्छन् । वैदेशिक रोजगारीमा जाने यिनै युवाले पठाउने विप्रेषणले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । यो सकारात्मक पक्ष हो तर यसका अनेक नकारात्मक
हरेक क्षेत्रमा समस्या छ । देशमा एक होइन, अनेक समस्या छन् । सर्वसाधारण नागरिकहरू जहाँ पनि पीडित नै छन् । वैदेशिक रोजगारका नाममा होस् वा सहकारीका नाममा हरेक क्षेत्रमा सर्वसाधारणहरू ठगिएका छन्, लुटिएका छन् । यिनै पीडितलाई अनेक आश्वासन दिएर कसैले राजनीतिक लाभ लिइरहेका छन् । यस्तै बेथितिहरूका कारण सर्वसाधारण आजित भइसकेका छन् तर जति नै आजित भए पनि कुनै उपाय छैन । यस्तै उपायहीन भएपछि सर्वसाधारण नागरिकहरू बाध्य भएर सडकमा ओर्लिन्छन् । लघुवित्त संस्थाबाट पीडित सर्वसाधारण पनि आन्दोलनमा ओर्लिएका छन् । लघुवित्तले महिलाहरूलाई आर्थिक शोषण गरेको पीडित महिलाहरूको आरोप छ । सरकारले आइतबार जनयुद्ध दिवसको व
आफ्ना उत्पादनले उचित मूल्य नपाएकामा धरान उपमहानगरपालिका–२० का किसानहरू चिन्तित भएको समाचार आएको छ । साबिक विष्णुपादुका गाविसलाई अहिले धरान उमनपाकै वडा नम्बर २० बनाइएको छ । सात वर्षअगाडि ‘बेसार जोन’ घोषणा गरिएको सो क्षेत्रमा उत्पादित बेसारले उचित मूल्य नपाएको उनीहरूको भनाइ छ । स्थानीय सरकार तथा व्यवसायीहरूले विष्णुपादुकालाई ‘बेसार जोन’ को रूपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर त्यसअनुसार काम अगाडि बढ्न नसक्दा योजना अलपत्र परेको छ । विष्णुपादुकामा बेसार, अदुवा र अम्लिसोलाई नगदेबालीका रूपमा लिने गरिएको छ तर यी कृषि सामग्रीले बजार पाउन सकेका छैनन् । बिचौलियाले म