Top 4

    Showing 8,571-8,580 of 9,411 items.
  • जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

    धरान । छुट्टा छुट्टै स्थानमा जबरजस्ती करणी गरि फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । गत कार्तिक १३ गते ९ वर्षकी बालिकालाई बलात्कार गरि फरार रहेका धनकुटाको महाभारत गाउँपालिका वडा ४ आस्को घर भई हाल इटहरी १९ मा ससुराली घरमा बस्दै आएका वर्ष ५० का कुमार भन्ने बुद्धे राईलाई प्रहरीले कार्तिक १५ गते पक्राउ गरेको छ । त्यसै गरि गत वर्षको मंसिर ५ गते इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा सार्वजनिक बाटोमा वर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरि ५७ हजार ५ सय रुपैया समेत लुटेर फरार रहेका सुमन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ कै चौधरीलाई सुनसरी जिल्ला अदालत

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,094 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि फर्मको आडमा जुवाखाल, सञ्चालक अझै पक्राउ परेनन्

    विराटनगर ।मोरङको केराबारी गाउपालिका स्थित हरी एग्रीकल्चर एण्ड लाइब स्टक सेन्टर प्रा ली बाट जुवाडेहरु पक्राउ गरेपनि प्रालीका मुख्य सञ्चालकलाइ भने प्रहरीले उन्मुक्ति दिएको छ । प्रालीका मुख्य सञ्चालक हरि भट्टराईलाई हाल सम्म प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले पक्राउ परेका भुपेन्द्र भट्टराई प्रालीको मुख्य सञ्चालक बताउदै आएको छ । तर प्रालीका मुख्य सञ्चालक भने हरि भट्टराई हुन ।  कृषि कर्मकै बदनामी गराउने गरी कृषिफार्ममा जूवाजन्य गतिविधि गराएको प्रति मोरङको केराबारीका बासिन्दाले संलग्नलाई कडा कार्वाही गर्नुपर्ने बताएका छन । गाउँपालिका र कृषिकर्मको आड लिएर भएको यस्तो गतिविधि सहन नसकिने जनप्रतिन

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधारका लागि दबाब समुहले बुझायो अवधारणा पत्र,एक साता भित्र सुधारको महशुष गर्न सकिने उपकुलपतिको प्रतिबद्धता

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको बेथिती लगायत स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित वीपी प्रतिष्ठान सुधार दबाब समुहले प्रतिष्ठानको समस्या र समाधान सहितको अवधारणा पत्र बुझाएको छ । प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालिन र दिर्घकालिन निती तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको हो । समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित ४ जना मुख्य पदाधिकारीहरुको उपस्थितीमा उपकुलपतिलाई अवधारणा पत्र बुझाएको हो । अवधारणा पत्रमा विशेष गरेर

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामधुनीमा बाईक ट्याक्टरमा ठोक्किदा दुई जनाको ज्यान गयो

    विराटनगर । सुनसरी रामधुनी–२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोटरसाईकल चालक निमेश र पछाडि सवार जीवन गम्भीर घाईते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचाकै क

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,208 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरे आन्दोलन गर्ने जनता समाजवादी पार्टीको चेतावनी

    धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने धरान उपमहानगरपालिकाको निर्णय प्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ । धरान उपमहानगरपालिकाको कार्तिक ५ गते बसेको कार्यपालिका बैठकले कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । मर्ज गर्ने समय नजिकिदै गए पछि पार्टीको धरान उपमहानगर कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गर्दै विरोध जनाएको छ । कमिटी अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय कार्यान्यवन भए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ध

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • केराबारीमा तासजुवा खेल्ने धरानका सहित पाँच जना पक्राउ

    विराटनगर । नगदर रु. ८ लाखसहित मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन । वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई र वर्ष ४३ को बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३६ को अरूण केसी, धरान ६ बस्ने वर्ष ३६ को हरी खत्री र धरान १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङक

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,126 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामा

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,586 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्साल छलि गरि ल्याइएका सामानहरु पक्राउ

    धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ । विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व मन्त्री तथा काङग्रेस नेता मीन बिश्वकर्माको स्वस्थ्य अबस्था गम्भीर

    धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,576 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved