बसाईँसराई रोक्न दुहुना गाई उपहार !

  • माघ १८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा÷ प्रायः मानिसहरु सेवा सुविधाको सहज उपभोगको हिसाबले गाउँबाट शहर बसाई सर्ने गर्दछन् ।

तर धनकुटाको छथर जोरपाटीमा मानिसहरु उल्टो शहरबाट गाउँ बसाई सर्न थालेका छन् ।

बसाई सराई रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि जिल्लाका नगर र अन्य जिल्लाहरुबाट गाउँमा कृषि खेती गर्न बसाई आउन थालेका हुन् ।

गत आर्थिक बर्ष २०७६÷०७७ बाट गाउँपालिकाले बसाई सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम शुरु गरेको थियो।

उक्त कार्यक्रम सञ्चालनमा आएपछि गत बर्ष जिल्लाका तीन नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिवार छथर जोरपाटी बसाई सरेर आएका छन् ।

गत वर्ष धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट नौ घरपरिवार बसाई सरेर छथर जोरपाटी आएको गाउँपालिकाका पशुपन्छी विकास शाखा अधिकृत राजकुमार राईले बताए ।

यसै आर्थिक वर्षको पुस महिनाभित्र पनि गाउँपालिकाले आव्हान गरेको सार्वजनिक सुचनापछि चार परिवारले बसाई आउन आवेदन दिएको शाखा अधिकृत राईले बताए ।

माघ १५ गतेसम्म समय सिमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट २ परिवार, महालक्ष्मी नगरपालिकाबाट १ परिवार र संखुवासभाको मादी नगरपालिकाबाट एक परिवारले आवेदन बसाई सरेर आउनका लागि आवेदन दिएका छन् ।

गाउँपालिकाले रितपूर्वक बसाई सरी आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार अनुदान दिने गरेको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved