आवश्यक परे संसद बैठक बोलाईन्छ :प्रचण्ड

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै आंखा अगाडि जनताले बनाएको संविधान बिघटन गरिएको बताएका छन् ।

दाहालले धेरै संविधान बनेको तर ती सबै संविधान भन्दा २०७२ को संविधान फरक रहेको बताए ।

विराटनगरमा नेकपाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने,'ती संविधान राजा महाराजाको अधिकार भन्दै थोपरिएका थिए तर नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागू गरिएको थियो । आंखा अगाडि प्रतिक्रियावादी एजेन्टले संविधान बिघटन गरिदिए । यो लोकतन्त्र माथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो '।

उनले नयाँ युगतिर देशलाई लैजाने योजना रहेकोमा जतिबेला संविधान बन्यो कम्युनिष्ट पार्टी एकताले चुनाव परिणामले उत्साहसाथ अनुमोदन गरेको तर अहिले प्रतिनिधि सभा नभएर संविधान बिघटन गरिएको बताए ।

कमिक देखाउन वा उखान टुक्का भन्न संघर्ष शुरू नगरिएको बताउँदै दाहाले भने,'मुलुक गम्भीर संविधानिक संकटमा परेको छ ।केपी ओली प्रतिक्रान्तिको दलाल बने ।' ओली खुरापाती भएको र कम्युनिष्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको आरोप लगाए ।

'म निसन्तान नहुनु मेरो दोष हो ? मसंगै मेरा सन्तान विदेश गएर पढेन्, दाहालले भने, 'ओलीले राजा महाराजाको पक्षपोषण गरे । ' शुसासनको सपना देखेको र आम सर्वसाधारणको हित हुने प्रयास गरेको तर ओलीले बर्बाद गरिदिएको बताए ।

देश कोरोना महामारीले आक्रान्त भएको बेला देशलाई प्रतिक्रान्तिको प्रयास हुंदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको बताए । जनता जागेपछि के हुन्छ भन्दै दाहालले प्रश्न गरे । भने,' ओली को खुट्टी मैले देखेको छु । ओलीले संसद बिघटन गर्न सक्तैन ओली भंग भएको हो ।'
दाहालले अब अदालतको निर्णयको पर्खाइ रहेको र आवश्यक परे संसद बैठक बसेर ओलीलाई कार्वाही गर्न सकिने बताए । तर, सर्वोच्चको निर्णय पर्खने बताए । भने,' हामी जिउदै छौं । कसैले मारे भन्दैमा हामी गर्दैनौ ।'

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved