विपन्न परिवारलाई रासन कार्ड वितरण

  • माघ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ ।
१६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो ।

कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।

वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् ।

वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य बिमासमेत गरिएको उनले बताए । सरकारले लागू गरेको बिमाको रकम वडा कार्यालयले तिरिदिएर बिमा गरिएको अध्यक्ष गिरीले बताए ।

सरकारको लक्षित वर्गको कार्यक्रमअन्तर्गत छुट्टिने रकमबाट यस्ता काम गरिएको बताउँदै गिरीले यस्ताका काम एक÷दुई वर्षमात्र नभई निरन्तर चलिरहने जानकारी दिए ।

कार्ड वितरण कार्यक्रममा उपस्थित प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले रासन कार्ड वितरण कार्यक्रम धरानमै पहिलोपटक १६ नम्बर वडा कार्यालयले सुरु गरेको बताउँदै प्रशंसासमेत गरेका थिए ।

सभामुख भण्डारीले भने, ‘जनप्रतिनिधिले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न नसकेको भन्ने आलोचना भइरहेका बेला धरानमा यस्तो कार्यक्रम हुँदा खुसी लागेको छ ।’

कार्ड वितरण गर्दै धरानकी उपमेयर मञ्जु भण्डारीले १६ नं. वडाबाट सुरु भएको कार्यक्रम धरानभरि पैmलिनुपर्नेमा जोड दिइन् । उनले यस्ता कार्यबाट जनताले प्रत्यक्ष लाभ पाउने र यसलाई सामाजिक कार्यको रूपमा पनि हेर्न सकिने बताइन् ।

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved