कर तिर्न तयार फुटपाथ व्यवसायी

  • माघ १८, २०७७
  • "तेजबहादुर बन "
alt

 इटहरी: चौध वर्षयता फलफूल बेचेर परिवारको पेट पालिरहेका इटहरी—५ का गोविन्द खनाल स्थानीय सरकारसँग रूष्ट छन् । उनले अब पसल सार्नुपर्ने भएको छ, तर कहाँ सार्ने भन्ने ठाउँको ठेगान छैन, त्यसैले उनी चिन्तित पनि छन् ।

गैसारका अशोक थपलिया पनि यस्तै चिन्तामा छन् । पाँच वर्षयता ठेलामा चियाखाजा बेच्ने गरेका उनको पनि अब कहाँ जाने भन्ने निश्चित छैन । छ लेन लोकमार्गले उनीहरूजस्ता दुई दर्जन फुटपाथ व्यवसायीहरूलाई उठिवास लगाउने भएको छ ।

सडक निर्माणले गति लिएपछि सडक क्षेत्रमा व्यवसाय गर्ने उनीहरू विस्थापित हुन लागेका हुन् । उपमहानगरले उचित र पायक पर्ने स्थानमा स्थानान्तर गरे आफूहरू कर तिर्न तयार रहेको उनीहरू बताउँछन् ।

यसअघि उनीहरूले कर नबुझाए पनि मासिक दुई सय रुपैयाँका दरले सरसफाइ शुल्क भने बुझाउने गरेका थिए । सडकमा व्यवसाय गर्नु गैरकानुनी भए पनि उचित स्थानको अभावमा सोही स्थानमा व्यवसाय गरिरहेका उनीहरू अब मर्कामा पर्ने भएका छन् ।

इटहरीको धरान रोडमा सडक निर्माणले गति लिइरहँदा उनीहरू विस्थापित हुने अवस्थामा पुगेका
छन् । ‘विराटनगर रोडमा सीमाक्षेत्रमा बनेका भवनहरूलाई छुन सक्दैन, हामी जस्तालाई उठिवास लगाएर के गर्नु ?’ धरान रोडमा फलफूल व्यवसाय गर्ने संगीता मिश्र आक्रोश पोख्छिन् ।

कानुन सानोलाई मात्र लाग्ने, ठूलालाई नछुने उनको आरोप छ । आफूहरू विकासका बाधक नबन्ने तर व्यवस्थित ठाउँ नभएकोले अब व्यवसाय नै बन्द गर्नुपर्ने हो कि भन्ने पीर परेको फलफूल व्यवसायी गोविन्द खनालको भनाइ छ ।

केही दिनमै सडक क्षेत्र छोड्ने तयारीमा रहेका उनीहरू आफूहरूलाई अन्यत्र व्यवस्थापन
गरिदिन उपमहानगरलाई आग्रह गर्छन् ।

 

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved