खेर जाने फलफूलबाट अचार

  • माघ १८, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम: अमला, लप्सी र मेल बिक्री नभएर गाउँभरि कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्छ ।

फलफूल र जडीबुटी बजारमा बिक्री नभएपछि यसबाट आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो, तर अब गाउँका खेतबारीमा कुहिरहेका फलफूल र जडीबुटी खेर फाल्नुपर्ने छैन ।

इलाम सदरमुकामको अग्र्यानिक नमुना कलेक्सन कोसेली घरले अचार उद्योग सञ्चालन गरेको छ । गाउँघरमा सदुपयोग हुन नसकेका फलफूलबाट कोसेली घरले अचार बनाएर बिक्री गरिरहेको उद्योग सञ्चालक चुँडा रिजाल बताउँछन् ।

उद्योग नै सञ्चालन गरेर फलफूलबाट अचार बनाइन थालेपछि अब गाउँघरमा फलफूल खेर फाल्नु नपर्ने भएको हो ।

यहाँ विभिन्न जडीबुटी र फलफूलहरू बोझो, तुलसी, खनक्पा, चिङफीङ., सीलटिमुर, टिमुर, पाखनबेद, मेल, अमला, लप्सी, किबी, अकबरे खोर्सानी र कागतीजस्ता अग्र्यानिक उत्पादनबाट स्वादिलो अचार बनाउने गरिएको रिजालको भनाइ छ ।

उद्योगमा उनले चारजनालाई रोजगार पनि दिएका छन् । उद्योगले विभिन्न फलफूलसँगै अकबरे खोर्सानीको पनि अचार बनाउने गरेको छ । इलाम आउने पर्यटकले कोसेलीको रूपमा यहाँबाट अचार लैजाने गरेका छन् ।

कोसेली घरले उत्पादन गरेका अचार इलाम सदरमुकाममा मात्र होइन, जिल्लाका अन्य बजार र जिल्ला बाहिरसम्म पुग्ने गरेको रिजाल बताउँछन् । मुख्यगरी इलामका फिक्कल, हर्कटे, पशुपतिनगरलगायतका बजार र जिल्लाबाहिर झापा, धरान, काठमाडौँसम्मका बजारमा यहाँका अचार पुग्ने गरेका छन् ।

यहाँ उत्पादित अचार धेरैजसो इलाम आउने पर्यटकहरूले कोसेलीका रूपमा लैजाने हुँदा आन्तरिक बजारमै अचार खपत हुने गरेको छ ।

जिल्लामा घरेलु उद्योगका रूपमा अचार उद्योग धमाधमस्थापित भइरहेकाछन् । जिल्लामा १२ वटा अचार उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved