इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ ।
हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए ।
शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए।
करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण थालिएको हो ।
त्यस्तै गरी अपाङ्गता भएका ब्याक्तिहरुलाई माई नगरपालिकाले सहायक सामाग्री सहयोग, सिप विकास तालिम, शैक्षिक सामाग्री सहयोग, आवशिय संरचना सहयोग, सेनिटरी प्याड सहयोग, आय-आर्जन सहयोग, स्वास्थ्य विमा सहयोग, विउपुँजी अनुदान सहयोग, स्वास्थ्य उपचार जस्ता सहयोग गर्दै आईरहेकोे माइ नगरपालिकाका प्रमुख दिपक कुमार थेवेले बताए ।