धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब
धरान । कोरोनाको महामारीका कारण थलिएको पर्यटकीय गन्तव्यहरु पुरानै लयमा फर्किन थालेका छन् । प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्य भेडेटारमा अहिले पर्यटकहरुको चहलपहल शुरु भएको छ । विगत ७ महिना देखि ठप्प रहेको पर्यटकहरुको आवागमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । कोरोनाको महामारीका कारण घोषणा गरिएको लकडाउन गत असोज १ गते देखि खुकुलो भए सँगै आन्तरिक पर्यटकहरु भेडेटार आउन थालेका छन् । छिनमै बादलले छोप्ने, छिनमै उघ्रदा हिमालहरु पनि प्रष्ट देखिन्छ । त्यसैले पनि भेडेटारमा पर्यटकहरु आउने मुख्य सिजन चैत्र देखि मंसिर सम्म हो । तर चैत्र देखि नै लकडाउन घोषणा गरिए पछि व्यवसाय नै ठप्प भएक
इलाम / मेची राजमार्गको इलाम सडक खण्डको यात्रा ज्यान दाउमा राखेर गर्नुपर्ने अवस्था छ । भएको कालोपत्रे सडक कतै सग्लो छैन । कतै भासिएको छ । कतै खाल्डा । कालोपत्रेमा कतै पहाड झै डाडो उठेको छ, कतै थाहा नपाउने गरी भासिएको छ । बर्षाको बेला झन बिग्रीएको राजमार्गको यात्रा यात्रुलाई पासो थापे झै भएको छ । राजमार्गको अधिकाशंजसो ठाउँमा अघिल्लो वर्षनै आवाधिक मर्मतको लागि ठेक्का लागेको हो । फिक्कल तिनघरे बाहेकका ठाउँमा कामै भएनन् । बेलामा आवाधिक मर्मतको काम नहुँदा राजमार्गको कतिपय क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको छ । ठेक्काको सम्झौता गरेका निर्माण व्यवासयी मोभिलाइजेनको खर्च बुझेर बेपत्ता छन् ।
इलाम/ जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकिय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकिय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकिय ठाउँ भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकिय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न
धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् । कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद
इटहरी । नेपाल सरकारले गत अशोज २६ गतेदेखि सार्वजनिक यातायातमा पुरै यात्रुहरू बोक्न पाउने र भाडा दर पुरानै कायम गर्नुपर्ने निर्णय गरेपनि यातायात सञ्चालकहरूले भने यात्रुहरूबाट दोब्बर भाडा असुल्ने गरेको पाइएको छ । कोरोना कहर बिच यातायात सुचारू गर्दा सरकारले यातायात व्यवसायि हरूको मार्कालाइ मध्य नजर गर्दै आधा सिट मात्र यात्रु बोक्न र ५० प्रतिशत भाडा बढाएर लिन अनुमती सहित अशोज १ गते पहिलो निर्णय गरेको थियो । तर लकडाउन खुलेसंगै यातायात सञ्चालन हुन थालेपछि यात्रुहरू प्रत्यक्ष मार्कामा परेको गुनासो बढेपछि पुन अशोज २६ गते पुरै यात्रुहरू बोक्न पाउने र भाडादर पुरानै कायम गर्नुपर्ने निर्देशन सहित अर्को न
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले भारी मात्रामा अवैध रूपमा भन्सार छली ल्याइएको निलो रेडबेल सहित एक ब्यवसायीलाइ नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाली बजार भित्र्याइएको करीब २ लाख २० हजार मुल्य बराबरको ६ बोरा रेडबुल प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरी उपमहानगरपालिका ४ बाट झापाको दमक नगरपालिका ८ बस्ने ४०बर्षीय कमल दाहालसहित प्लाष्टिकको सेतो बोरामा भारतमा निर्मित निलो रेडबुल भन्सार छलि ल्याउदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको गस्ती टोलिले बोरामा रहेको सामान बारे सोधपुछ गर्दै चेकजाच गर्दा भन्सार छलेर ल्याएको प्रमाणित भएपछि दाहाललाई पक्राउ गरी आवश्यक कारवाहिका लागि भन्
इटहरी । समुदायबाट नियन्त्रण बाहिर पुगेको कोरोना संक्रमणलाइ रोकथाम तथा चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशन सुनसरीले गत अशोज २३ गते जारी गरेको सुरक्षा योजना प्रति होटल ब्यवसायीहरूले असन्तुस्ट जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रशासनले राती ८ बजे नै होटलहरू बन्द गर्न जारी गरेको आदेशलाइ फिर्ता लिनुपर्ने माग गर्दै इटहरीका होटल ब्यवसायीहरूले इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरमा ज्ञापन पत्र बुझाएका छन । होटल ब्यवसायी संघ कुनै समन्वय नै नगरी प्रसाशनले एकलौटी निर्णय गरिदिदा ब्यवसायी धरासयी बनिनुका साथै थप आतंकित हुन पुगेको होटल सञ्चालकहरूले बताएका छन । ८ बज्न नपाउदै होटलहरूमा प्रहरी पु
धरान । कोशी पत्र दैनिकका निर्देशक तथा कोशी मिडिया ग्रुप प्रालिका निर्देशक योगेशबाबु काफ्लेले आफुले अध्ययन गरेको विद्यालयमा शिक्षा कोषका लागि सहयोग रकम प्रदान गरेका छन् । मंगलबार धनकुटाको महालक्ष्मी नगरपालिका ९ स्थित मुर्तिढुङगाको श्री सिंहदेवी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाको कोष स्थापनाका लागि पहिलो चरणको सहयोग गरेका छन् । काफ्लेले आफ्नो ३१ औं जन्मदिनको अवसरमा स्वर्गीय हजुरबुबा कमलापति काफ्ले र हजुरुआमा पुण्यवता काफ्लेको स्मृतिमा स्थापना गरिदिएको कमलापति पुण्यवता शिक्षा कोष स्थापना गरिदिएर पहिलो चरणको ५० हजार रुपैया सहयोग गरेका हुन् । कोषमा पहिलो चरणको ५० हजार रुपैया हस्तान्तरण गरिएको
विराटनगर । जर्बजस्ती करणीका घटनामा संलग्न तीन जना प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. ३ सिमपानेका चक्रबहादुर चौधरी, सकुमान तामाङ छन । कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजेतिर मोरङ बेलबारी नगरपालिका वडा नं १ अमना सिसौलीको जंगलमा वेलबारी नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले सोही ठाउँका बर्ष ५० को चक्र बहादुर चौधरीको सहयोगमा १४ वर्षीया नावालकमाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । प्रतिवादी सुकमान तामाङ सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय