मध्य माघमा सुनवर्षीमा सुरु भयो रोपाइँ

  • माघ २०, २०७७
  • "कोशीपत्र संवाददाता"
alt

विराटनगर: माघको कठ्याङ्ग्रिँदो जाडोमा मोरङको दक्षिणी क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।
खेत हिल्याउने, बीउ काढ्ने र रोपाहारले धान रोप्ने गरेको दृश्य अहिले मोरङको सुनवर्षी क्षेत्रमा देख्न सकिन्छ ।

रङ्गेली नगरपालिका-६ का मधुवनी चोक, ननकार टोल र सुनवर्षी नगरपालिका–५ को झिङ्गी टोलमा वर्षैपिच्छे माघको मध्यमा रोपाइँ हुन्छ ।

ती क्षेत्रका किसानलाई अहिले धान रोप्ने व्यस्तता छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा धान रोप्न महिलाहरू बिहानै मेलोतिर निस्कने गर्छन् । मानौ मुखिया धान रोप्न बिहानै देत पुग्छिन् ।

विगतमा पनि उनले माघमा धान रोप्ने गरेकी थिइन् । ‘मजदुरी गर्न जाडोको परवाह नगरी जाने गरेकी छु’, उनले भनिन्, ‘गाउँघरमा अहिले त्यति धेरै काम पाइँदैन तर धान रोपाइँ सुरु भएकोले केही दिन भने रोपाहारका रूपमा बोलाएका छन् ।’

सुमित्रा ऋषिदेवले पनि धान रोपेर आउने पैसाले चारजनाको परिवारलाई चाहिने खाद्यान्न किनमेल गर्न मद्दत पुग्ने बताइन । भनिन्, ‘माघमा पनि कहीँ रोपाइँ हुन्छ भन्दै मान्छे छक्क पर्छन् तर हामीलाई धान रोप्न भ्याई नभ्याई छ ।’

किसानहरूका अनुसार यो क्षेत्रमा माघमा रोपेको धान जेठ महिनामा काट्ने गरिन्छ । असारमा फेरि बर्खे धान लगाइन्छ । माघमा लगाइने धानको उत्पादन राम्रै हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मोरङ प्रदेश १ मै अधिक धान उत्पादन हुने जिल्लामध्ये एक हो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved