उद्यमशील सहकारीको धरान ५ मा पहिलो सदस्य सेवा केन्द्र सुरु, पहिलो दिन ४ लाखभन्दा बढी शेयर रकम जम्मा

  • माघ २२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान: धरान १० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी सस्था लि।ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको आज उद्घाटन गरेको छ ।
आजबाट औपचारिक रुपले धरान ५ को देउरालीमा सदस्य सेवा केन्द्रको उद्घाटन भएको हो । उक्त सेवा केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बुले रीबन काटेर गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडावासिलाई आग्रह गरेका छन् । उनले ५ नं। वडावासिलाई व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा भविश्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने बताएका छन् । वडा नं।५ को सबै संघ संस्थाहरुलाई शान्ति सुरक्षाको सवालमा सदैब आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले ढुक्क भए काम गर्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रमका बोल्दै सहकारीका व्यावस्थापक जित बहादुर राउतले प्रदेश कार्यलयबाट ५ वटा सेवा केन्द्र सुचारु गर्न पाएको अनुमति अनुसार पहिलो सेवा केन्द्र देउरालीमा सुरु गरीएको बताएका छन् । उनले अन्य ४ वटा सेवा केन्द्र प्रदेश नम्बर १ को विभिन्न स्थानमा सुरु गर्ने जानकारी दिएका छन् ।

उनले उद्यमशील सहकारी प्रदेश स्तरमा गएको धरानको पहिलो सहकारी भएको जानकारी दिएका छन् ।सहकारीका अध्यक्ष डा।योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा धरान ५ का वडा सदस्य कुमार देवान, हेम कुमारी विक, पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रा।लि।का डा।भवानी भट्टराई, बराह डेन्टल केयरका अध्यक्ष सरस्वति सुवाल, सहकारीका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । औपचारीक उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले अन्य वित्तिय क्षेत्रमा जतिसुकै कारोबार गरेपनि मालिक हुन नपाइने तर सहकारीमा कारोबार गर्दा मालिक हुन सकिने बताएका छन् ।

उनले सहकारीमा सदस्य भइसकेपछि अधिकार, दायित्व सबै बराबर हुने र आफै मालिक हुन सकिने बताएका छन् ।आज उद्घाटनको दिन भएकोले १ सय ३ जनाले निःशुल्क रुपमा बचत खाता खोलेको जानकारी दिइएको छ । साथमा ३१ जना शेयर सदस्य समेत थपिएका छन् । जसबाट ४ लाख ५ हजार ५ सय शेयर रकम जम्मा भएको बताइएको छ ।

आफ्ना सेवाग्राहिलाई अझ सहज र सरल तरीकाले सेवा प्रदान गर्नको लागि उक्त सेवा केन्द्रको सुरुवात गरिएको उद्घाटन कार्यक्रममा बताइएको छ ।

IMG_7135 IMG_7126

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved