वडाध्यक्षले दादागिरी देखाएको आरोप

  • माघ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ साहित्यकार तथा कलाकर्मीहरूको संगम स्थल काव्यवाटिकालाई संरक्षण गर्ने विषयमा बुधबार यहाँ छलफल भएकोे छ । काव्यवाटिकाको क्षेत्रभित्र वडा कार्यालयको भवन बनाउने समाचार बाहिरिएपछि साहित्यकार तथा कलाकर्मीहरूले विरोध जनाइरहेका छन् ।

इटहरी–५ मा करीब तीन बिघा जमिनमा फैलिएको काव्यवाटिकालाई कलासँगै सम्बन्धित सरोकारवालाहरूले संरक्षण गर्नुपर्ने छलफलले जोड दिएको छ । व्यवस्थापनको अभावमा लथालिङ्ग भएको मौका छोपेर आफ्नो स्वार्थ पूरा गर्न सो क्षेत्रभित्र वडा कार्यालय बनाउन केही जनप्रतिनिधिहरू सक्रिय भएको बताउँदै अधिकांश वक्ताहरूले यो षड्यन्त्र सफल हुन नदिने धारणा राखेका थिए ।

२०६० सालमा स्थापना भएको काव्यवाटिकालाई मास्न कहिले क्यान्सर अस्पताल, कहिले स्वास्थ्य चौकी र अहिले वडा कार्यालय भवन बनाउने भनेर विवाद सिर्जना गरिएको वक्ताहरूको भनाइ छ । कार्यक्रममा काव्यवाटिकाका संस्थापक संरक्षक विक्रमश्रि तिम्सिनाले इटहरी–५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले दादागिरी शैली अपनाएको आरोप लगाए ।

उनले सो क्षेत्रमा वडा कार्यालय नबनाउन आग्रह गर्दा वडाध्यक्ष कार्कीले डोजर लगाएर बहुमूल्य रूखहरू फँडानी गरेको आरोप लगाए । काव्यवाटिका क्षेत्रमा लगाइएका विभिन्न प्रजातिका रूखहरूमध्ये ५२ वटा बहुमूल्य रूखहरू काटिएको विक्रमश्रिले बताए ।

छिमेकी नगरहरूले कलाकर्मीहरूलाई सम्मान गरेर उचित स्थान र संरक्षण गरिरहेका बेला इटहरीले भने विकासका नाममा साहित्यकार र कलाकर्मीहरूको घाँटी रेट्ने काम गरेको उनको तर्क छ । यस्तो कार्य तत्काल बन्द नगरे प्रदेश एकका सबै साहित्यकार तथा कलाकर्मीहरू आन्दोलनमा ओर्लने चेतावनी संस्थापक संरक्षक विक्रमश्रिले दिए ।

इटहरी म्याट्रिक्सको सभाहलमा भएको छलफलमा साहित्यकार तथा सञ्चारकर्मी कृष्णविनोद लम्सालले काव्यवाटिका संरक्षण गर्न अरूको मुख ताक्नेभन्दा आफैँ कम्मर कसेर लाग्नुपर्ने धारणा राखे । इटहरीका धरोहर एवम् स्रस्टाहरूको सम्मानस्वरूप स्थापित काव्यवाटिकालाई समाप्त पार्ने जनप्रतिनिधिहरूको षड्यन्त्र विफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिनुपर्नेमा उनले जोड दिए । त्यस्तै, कलाकर्मी यशोदा लम्सालले पनि काव्यवाटिका संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

छलफलमा साहित्यकार तारा पोख्रेल, सुविद गुरागाईं, जगदीश सापकोटा, उर्मिला कोइराला, बालकृष्ण सिग्देललगायतले काव्यवाटिका संरक्षण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए ।

काव्यवाटिकालाई आन्तरिक पर्यटकहरूको संगम स्थल बनाउने उद्देश्यले पछिल्लो समय त्यहाँ बाटो र शौचालय बनाइएको छ । तर बजेटअनुसार सन्तोषजनक काम नभएको स्थानीयको भनाइ छ । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले भने काव्यवाटिकाको जग्गा मास्न लागेको हल्ला गलत भएको बताइन् ।

भाडाको घरमा सञ्चालन भइरहेको ५ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि सार्वजनिक जग्गा खोजी गर्दा कतै नपाएपछि सो क्षेत्रको थोरै जमिनमात्र सदुपयोग गर्न लागिएको उनको भनाइ छ ।

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved