धरान जेसीस वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी

  • माघ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान जेसीसको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् ।

३७ औं अधिवेशनबाट बुधबार वर्ष २०२१को अध्यक्षमा सर्वसमतरुपमा मणिराज अधिकारी निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा पदमा राजु शाह ,खेमकला काम्बाङ (आयुष्मा) निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१कै लागि उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् ।

बुधबार धरान २ स्थित जेसीस भवनमा सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२०का अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए भने कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा उतकृष्ट १९ जेसीस सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

सन् १९७५ मा संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठबाट सुरु भएको धरान जेसीस युवाहरूको ट्रेनिङ इन्स्टिच्युटको रूपमा परिचित संस्थाको रूपमा लिइन्छ ।

अधिवेशनको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष मनिष शाही, मनोनयन सभापति अतुल श्रेष्ठ र पुरस्कार वितरण सभापति वर्ष २०२०का अध्यक्ष सल्लाकार सन्दीप शाक्य रहेका थिए ।

jyacess

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved