‘केही न केही सीप लिएर मात्र विदेश जानुस्’ (अन्तर्वाता )

  • माघ २१, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वसन्त निरौला अहिले नेपकम्स सर्भिसेस, धरानका सिनियर ऐकेडेमिक भिसा काउन्सिलरका रूपमा विद्यार्थीहरूलाई परामर्श दिइरहेका छन् । उनी १० वर्षभन्दा बढी समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका हुन् । निरौलासँग कोशीपत्र राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश:

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूले नेपकम्सलाई नै किन रोज्ने ?

हामी विद्यार्थीहरूलाई वास्तविक सूचना प्रदान गर्छाैं । भिसा लाग्छ कि लाग्दैन भन्ने नै विद्यार्थीहरूको मुख्य समस्या हुन्छ । यो विषय विद्यार्थीहरूको डकुमेन्ट हेरेरै थाहा हुन्छ । कम्तीमा पहिलो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूको भिसा लाग्ने सम्भावना बढी हुन्छ । हामी भिसा लाग्ने कम सम्भावना भएका कमजोर डकुमेन्ट भएका विद्यार्थीहरू लिँदैनौँ । हामी विद्यार्थीहरूको क्षमता हेरेर उनीहरूको कोर्स छनोटमा सहयोग गर्छाैं । बाहिर गइसकेपछि अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले हामी उनीहरूकोे व्यक्तित्व विकास गर्न पनि सहयोग पु¥याउँछौँ । प्रायःबहिर जानचाहने विद्यार्थीहरूका लागि उपयुक्त कफी ट्रेनिङको व्यवस्था गरेका छौँ । त्यसमा पनि विद्यार्थीहरूलाई हामीले टे«निङ सेन्टरमा गएरभन्दा कफी सपमै गएर टे«निङ लिन पठाउने गरेका छौँ । त्यसले विद्यार्थीहरूको ज्ञान र क्षमता वृद्धिमा मद्दत गर्छ । त्यसैले पनि नेपकम्स उत्कृष्ट हो भन्ने लाग्छ ।

विदेश जान चाहने नेपाली विद्यार्थीहरूले परीक्षा दिनुपर्छ ? कस्तो परीक्षा हुन्छ ?

परीक्षा हुन्छ । अङ्ग्रेजी भाषा परीक्षणका लागि अन्तर्राष्ट्रिय बोर्ड ब्रिटिस काउन्सिलले लिने परीक्षा हो । यसमा छ अङ्क आउने विद्यार्थीहरू पनि जान पाउँछन्, तर यो चैँ विश्वविद्यालयको माग अनुसार हुन्छ । प्राय सात अङ्क आउने विद्यार्थीहरूलाई बढी प्राथमिकता दिने गर्दछन् ।

नेपाली विद्यार्थीहरू विदेशमा विभिन्न समस्यामा परेका खबरहरू आइरहेका छन् नि,किन त्यस्तो हुन्छ ?त्यस्तो अवस्थामा नेपकम्सलाई विश्वास गर्ने आधार के छन् ?
नेपाली विद्यार्थीहरूमा बाहिर पुगिसके पछि सबै कुरा भयो भन्ने सोचाइ छ ।त्यस कारणले पनि विद्यार्थीहरू रोजगार नपाएर समस्यामा परेका छन् । विद्यार्थीहरूले रोजगार किन पाउँदैनन् ?दुवै हात भएका तर हातमा सीप नभएका मानिसहरूले काम नपाउने हो । नेपाली विद्यार्थीहरूमा देखिने मुख्य समस्या भनेको बोल्न लाजमान्नु हो । हाम्रा विद्यार्थीहरूदुई(चारजना मान्छे देखेपछि सामान्य परिचय दिन लजाउँछन् ।त्यहाँका मानिसहरूको व्यवहार मित्रवत् हुन्छ तर बोल्नै नसकेपछि काम कसरी पाउनु ? हामी यस्ता व्यक्तित्व विकासका कुराहरू सिकाउँछौँ ।

नेपकम्सले विद्यार्थीहरूलाई कुन कुन मुलकमा पठाउने गरेको छ ?

हामीले युके, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता देशहरूमा विद्यार्थी पठाउँदै आएका छौँ । धेरै जस्तो विद्यार्थीहरू अस्ट्रेलिया जान चाहने हुन्छन् । त्यसैले हामीले धेरै विद्यार्थीलाई अस्टे«लिया पठाएका छौँ ।

विद्यार्थीहरूले नेपकम्समा कसरी सम्पर्क गर्ने ?

प्रायः +२ अध्ययनगर्दै गरेका विद्यार्थीहरू सीधा कार्यालयमा सम्पर्क गर्न डराउँछन्,अप्ठ्यारो महसुस गर्छन् । त्यस्ता विद्यार्थीहरूलाई लक्षित गरेर हामीले फेसबुक पेज बनाएका छौँ । त्यहाँ बाट पनि जानकारी लिन सकिन्छ अथवा हाम्रो कार्यालयमै पनि भ्रमण गर्न सकिन्छ । हामी सम्पर्कमा आएका विद्यार्थीहरूलाई माथि भनिए जस्तै गरी कोर्स छनोटदेखि व्यक्तित्व विकाससम्म सहयोग प्रदान गर्छाैं ।

तपाईं एउटा प्रतिष्ठित संस्थाको भिसा काउन्सिलर भएको नाताले बाहिर जान चाहने विद्यार्थीहरूलाई के सुझावदिन चाहनुहुन्छ ?

प्रायःबाहिर जान चाहने विद्यार्थीहरू १२ कक्षा उत्तीर्ण गरेर भर्खरै स्नातक सुरु गरेकाहरू हुन्छन् । उनीहरूबाहिर जान भिसा आवेदन दिने बित्तिकै नेपालको पढाइ छाड्ने गर्छन् । त्यसो नगर्नुस् भन्न चाहन्छु । विद्यार्थीहरू दुइटा हातमात्र बोकेर बाहिर जान तयार हुन्छन् । त्यसो नगर्नुस्, केही न केही सीप लिएर मात्र जानुस् । त्यसले गर्दा उनीहरूलाई काम पाउन सहज हुन्छ ।

नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ अस्ट्रेलिया हुनुको खास कारण के होला? सुरक्षाको हिसाबले कतिको उपयुक्त छ ?

हो, अहिले बाहिर जान चाहने विद्यार्थीहरूको पहिलो रोजाइको गन्तव्यको रूपमा अस्ट्रेलिया पर्दै गएको छ । मेडिकल क्षेत्रमा काम गर्ने अस्ट्रेलियनहरू त्यति नभएकाले प्रायः मेडिकल क्षेत्रका नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्यको रूपमा अस्ट्रेलिया परेको हो । अन्य पेशामा भन्दा पनि नर्सिङ क्षेत्रको कमाइ तुलनात्मक रूपमा राम्रो भएकोले पनि विद्यार्थीहरूको चाहना बढेको हो ।

प्रस्तुती :सन्जोग बाबु दाहाल

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved