इटहरी / शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ । बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापाल
धनकुटा भारीमात्रा आएको असिनाका कारण धनकुटाका विभिन्न स्थानमा लगाएको तरकारी बाली नष्ट हुदा कृषकले लगाएको साढे १२ करोड भन्दा बढी तरकारी बालीमा क्षति पु¥याएको छ ।विहीबार परेको भारी असिनाका कारण जिल्लाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याउदा सो बराबरको क्षति भएको हो ।दिउसो साढे चारदेखि साढे पाच अर्थात एक घण्टा परेको असिनाले कृषकले लगाएको आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका सब्जी नष्ट भएको हो ।धनकुटाको सिंधुवा बजारमा सब्जी फर्म खोलेर बसेका मेघराज गुरुङका अनुसार असिनाले कृषकले लगाएको बालीमा ठूलो क्षति पु¥य
विराटनगर/ एक नम्बर प्रदेश सरकार विपक्षी दलको मागको विषयमा गम्भीर बन्नुको साटो सदन छल्न थालेको छ । यसबाट प्रदेश सभा बैठक निरन्तर अबरुद्ध हुन पुगेको छ ।सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाभित्रको किचलो टुंगिएको छ । तर विवादबीच तीन महिनाको अवधिमा जम्मा ७ पटकमात्र प्रदेश सभाको बैठक बस्यो । पछिल्ला बैठक विपक्षी दलले अवरोध गरेका कारण नियमित चल्न सकेको छैन । सोमबार पनि बैठक अवरुद्ध हुन पुग्यो । विपक्षी दललाई मनाउन मुख्यमन्त्री शेरधन राईले आफ्नै कार्यालयमा सर्वदलीय बैठक राखेपनि सहमति जुटाउन सकेनन् । मुख्यमन्त्रीनै सदनमा आएर जवाफ दिनुपर्ने विपक्षी अडानका कारण सहमति हुनसकेन । गत माघ ७ गतेबाट प
धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारद
धनकुटा । धनकुटा र हिलेमा संचालन भएका होटलहरुलाई खाद्य स्वच्छताको आधारमा वर्गिकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाले चैत्र २९ र ३० गते धनकुटा नगरपालिका र हिलेमा रहेको होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गरेको हो । खाद्य स्वच्छदा निर्देशिका अनुसार ५० वटा मुल्यांकन सूचाङ्कको प्राप्त नम्बरको आधारमा ९० अंक प्राप्त गरेका होटललाई ३ तारा र क सहित अति उत्तम लेखिएको हरियो स्टिकर, ८० देखि ८९ सम्म प्राप्त गरेमा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर, ६५ देखि ७९ सम्म आएमा १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, र ५० देखि ६४
धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो । योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट
धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजे रोकिराखेको ट्रिफर पछाडी सार्ने क्रममा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ मृत्यु भएको हो । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिफरले ठक्कर दिदा गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालयले इटहरीले जनाएको छ । ट्रिफरको ठक्करबाट स्थानीयको मृत्यु भएपिछ स्थानीवासीले धरान इटहरी खण्डको सडक अवरुद्ध गरेका छन् ।
विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प
इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य
इटहरी । सुनसरीको धरान र तरहरा बीचमा रहेको चारकोशे जंगलमा विगत एक सातादेखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । धरानको तीनकुनेबाट सुरू भएको आगो सल्किदै र स्थान परिवर्तन गर्दै तरहरा सम्म आइपुगेको छ । धरान उपमहानगरले तीनकुने परिषरमा बारूण यन्त्र लगाएर आगो नियन्त्रणको प्रयास गरेपनि सीमित क्षेत्रमामात्रै आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि दमकल समयमै नपुग्ने गरेको स्थानीयहरुको गुनासो छ । धरानमा खानेपानी चरम अभाव रहेको दमकलले समयमा पानी भर्न नसक्दा ढिलो भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । तरहरास्थित पानीपिया लगायतका मुहानबाट पानी लिएर पुगेको धरानस्थित बारूणयन्त्रले तीनकुनेको आग