सिसि टिभिको एउटा फुटेज : जस्ले मोस्ट वाण्टेड लुटेरा समातियो

  • चैत्र २८, २०७७
  • तेजबहादुर बन
alt

इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो ।

गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्यालय बिराटनगर लगायत अन्य प्रहरी कार्यालयले पनि खोजि गरिरहेका मोतेलाइ इटहरी प्रहरीले एक निजि व्यवसायिले जडान गरेको शिशि टिभि फुटेजको सहायतामा पक्राउ गरेको हो । कार्तिक देखि प्रहरीबाट लुकिछिपि फरार हुदै आएका मोते गत पुस महिना देखि इटहरीमा देखिन थालेको उक्त शिशि टिभिको फुटेजमा देखिएपछि प्रहरीले थप अनुशन्धान गर्ने क्रममा सोहि ब्याक्ति रहेको पुस्टि भएको थीयो ।गएको पुस महिना देखि हाल सम्म सोहि ब्याक्तिले इटहरीभित्रैका बिभिन्न स्थानका महिलाहरूलाइ लुटपाट गरेको ६ वटा घटना समेत प्रहरीमा दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केशीले बताए ।

गत पुस ५ गते इटहरी उपमहानगर ९ बिपि चौकबाट एक महिलाको साथबाट रू ८० हजार लुटिएको उजुरी प्रहरीकहा आएको थीयो । पुनः केहि दिन पछि त्यस्तै प्रकृितिको घटना दोहोरिन पुगेपछि प्रहरीले घटनाबारे अनुशन्धान अघि बढाएको थीयो ।प्रहरीले इटहरीस्थित बर्गर हाउसमा जडान गरिएको शिशि टिभिको फुटेज चेक गर्दा कालो रंगको ज्याकेट लगाएर एक मोटरसाइकलमा आएका ब्याक्तिले यस्तो हर्कत गरेको प्रस्ट देखिएको छ। अन्य फुटेजहरू पनि चेक गर्दै जादा सोहि ब्याक्ति पटक पटक देखा परेपछि २४ गते बेलुका साडे ८ बजे मुख्य राजमार्गबाटै प्रहरीले अभियुक्त मोतेलाइ पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मोतेले ६ वटै लुटपाटको घटनामा आफु संलग्न भएको स्विकारेको प्रेहरीले जनाएको छ । मोतेको साथबाट प्रहरीले को ८ प १२३६ नं को पल्सर मोटरसाइकल , रातो हेल्मेट ,घटनाको बेला लगाएको कालो ज्याकेट , बरामद गरेको छ ।

पक्राउ परेको मोते बिरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवस्यकिय अनुशन्धान गरिरहेको जनाएको छ । बनेनन शिशि क्यामारापूर्वको ब्यापारिक हव संगै पछिल्लो समय बजार बिस्तारले बाक्लिएको शहर इटहरीमा७० वटा भन्दा बढी शिशि क्यामाराहरू जडान गरिएका छन । सरकारी समन्वयबाटमात्रै २७ वटा भन्दा बढी क्यामारा जडान भएपनि ७ वटाले मात्रै काम गरिरहेको छ । निजि स्तरबाट जडान गरिएका शिशि क्यामाराहरूको हालत पनि त्यस्तै छ । सबै गरेर २० वटा सिसि क्यामरा चालु अवस्थामा छन ।मुख्य राजमार्गमा जडान भएका सिसि टिभिहरू मध्ये २ वटा मात्र चालु अवस्थामा रहेका छन । जसका कारण दुर्घटना वा ठुलै अपराधिक गतिविधिहरू भए प्रहरीलाइ अनुशन्धानमा समेत कठिनाइ भोग्नुपर्ने अवस्था देखिएको छ । बिग्रिएका शिशि क्यामार जडानको बिषयमा उपमहानगर र उद्योग वाणिज्य संघलाइ पटक पटक पहल गरेपनि अहिले सम्म कुनै सुनुवाइ
भएको छैन ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved