शहिद स्कुल भ्रस्टाचार प्रकरण : अनियमितता लुकाउन प्रअ र लेखापाललाइ निष्काशन

  • वैशाख ५, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी /  शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ ।

बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापालको काम गर्दै आएका हुन् ।

कुनै पनि जिम्मेवारबाट पद मुक्त गर्न पहिलो पटक मौखिक स्पस्टिकरण सोध्नुपर्ने हुन्छ त्यसपछि तिन पटक सम्म लिखित स्पस्टिकरण दिएपछि व्यवस्थापन समितिले निलम्बनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । तर विद्यालय व्यवस्थापन समितीले नियम विपरित बिद्यालयका प्रअ राई र लेखापाल काफ्लेलाइ ठाडो निर्देशनमा पद मुक्त गरेको ।
बिद्यालयका निवर्तमान प्रअ राईले पनि बिना कारण पदमुक्त गरी निस्कासन गरिएको प्रति आपत्ती प्रकट गर्दै बिदाइनै गर्ने हो भने आफुलाइ सम्मानजनक ढंगले गरिनुपर्ने बताएका छन । बिना स्पस्टिकरण र शिक्षा नियमावली ऐन बिपरित ब्यवस्थापन समितिले गरेको निश्कासनले अन्यायमा परेको गुनासो गरेका छन । उनि बिद्यालयमा बिगत ७ वर्ष देखि प्रधानाध्यापकको रूपमा काम गर्दै आएका थिए ।

यता स्थानीय अभिभावकहरूले पनि बिद्यालयको स्थापना कालदेखि हाल सम्मको सम्पुर्ण आर्थिक कारोबार देखाउन माग गरेपछि ब्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले दादागिरी शैलिमा प्रअ राइ र लेखापाल काफ्ले बिरूद्ध पूर्वाग्राही ढंगले लागेको आरोप लगाएका छन । स्थानीय अभिभावकहरूले बिद्यालय ब्यवस्थापन समितिले स्थापना कालदेखि नै आर्थिक अनियमितता गर्दै आएको आरोप सहित तत्काल हिसाब सार्वजनिक गर्न माग गर्दै आएका छन । अभिभावकहरूले ब्यवस्थापन समिति बिरूद्ध ज्ञापनपत्र बुझाउँदै केहि दिन अघि बिद्यालय परिषरमा तालाबन्दी समेत गरेका थिए ।

द्वन्दकालको समयमा राज्य तथा तत्कालिन नेकपा माओवादीबाट घाइते एवम शहिद भएका परिवारको छोराछोरी पढाउने भनि स्थापना गरिएको शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयले नियम बिपरित आर्थिक कारोबारहरू गरेको र ब्यवस्थापन समितिको मिलेमतोमा लाखौ अनियमितता भएको अभिभावकहरूले आरोप लगाउदै आएका छन । यता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी सम्पर्क हुन
सकेको छैन् ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved