सुकुम्बासी लगत संकलनको बाटो खुल्यो : आइतबारदेखि फर्म भर्न शुरु

  • वैशाख २, २०७८
  • "गोबिन्द बस्नेत"
alt - फाइल तस्बिर

धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।
सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारदेखि वडाबाटै फर्म भर्ने काम शुरु गरिने धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारुमले बताए ।

उनका अनुसार ०७७ फागुन २० गते कार्यपालिकाको वैठकले सुकुम्बासीको लगत संकलनका लागि फारम भर्ने निर्णय गरे पनि राजनीतिक विवादका कारण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
उनले भने, ‘सुकुम्बासी समस्या समाधानका विषयमा संघले बनाएको निति र कार्यविधि अनुसार अन्य नगरहरुमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित भूमिहीनलाई जग्गा प्रमाणपत्र वितरण गर्न लगत संकलन र फर्म भर्ने काम गरिसकेको छ, तर धरानमा धेरै ढिलो भएको हो ।’

सुनसरीको बराहक्षेत्र, उदयपुरले केही ठाउमा पूर्जा वितरण गरिरहेको छ, झापाको केही स्थानीय तहले वितरण गर्ने काम शुरु गरिसकेको छ । सुकुम्बासी भूमिहीनलाई घर नम्बर वितरण गर्ने पहिलो नगरपालिका धरानले भने राजनीतिक विवादका कारण वितरण गर्न नसकेको ईवारुमले बताए ।कार्यविधिमा उल्लेख भए अनुसार मेयर संयोजक, उपमेयर सहसंयोजक, दलित प्रनिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल लगायत ९ सदस्यीय समिति समन्वय समिती रहेको छ । जस मध्ये एमालेको तर्फबाट आधिकारिक प्रतिनिधी को भन्ने विषय नमिल्दा विवादित बनेको थियो ।

मंगलबारको १३ औं कार्यपालिकाको बैठकले कार्यविधिको अनुसार सहजीकरण गर्ने समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ भित्र रहेर स्थानीय तहमा दिनुपर्ने सेवा सुविधा संघीय सरकारले बनाएको नीति नियमलाई कार्यान्वयन गर्दै नबाझ्ने गरी क्याविनेटले निर्णय गरौ भन्ने विषयमा छलफल भएको ईवारुमले बताए । उनले भने, ‘आइतबारदेखि लगत संकलन र फर्म भर्ने काम शुरु हुने भएकोले यसका लागि कर्मचारीको व्यवस्थापन, कर्मचारी नपुगेको स्थानमा शिक्षकहरुलाई तालिम दिएर तयार गरिसकेका छौं ।’ अध्यक्ष इवारुमले यो फर्म भर्ने काम वडागत रुपमा गर्न मेयर राईलाई सुझाव दिएको बताए ।

उनले भने, ‘संघले बनाएको सुकुम्बासी आयोगमा प्रदेश र जिल्ला तहमा गठन भइसकेको छ अन्य स्थानीय तहमा काम शुरु भइसकेको अवस्थामा धरानमा नुहुनु विडम्बना हो ।’ उनले धरान उपमहानगरपालिकाले लगत र फर्म भर्न शुरु नगर्दा १३ हजार सुकुम्बासीहरु अनिर्णयको बन्दी बनेको बताउँदै समस्या चाडै समाधान गर्नुपर्नेमा जोड दिए ।

धरानमा बसोबास गरिएको सुकुम्बासीलार्इृ तीन तहमा वर्गीकरण गरिएको उनले बताए । उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित सुकुम्बासी र दलित सुकुम्बासीले कार्यविधि अनुसार सबै वडाहरुले लगत संकलन र फर्म भर्ने भएकोले सक्रियपूर्वक लगत संकलनमा सहभागि हुन आग्रह गरेका छन् ।

 

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved