Top 4

    Showing 7,361-7,370 of 8,052 items.
  • इटहरी अस्पताल र उपमहानगरको कार्यालय तिन दिन बन्द

     इटहरी / कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सुनसरीको इटहरीस्थित महत्वपुर्ण दुईवटा कार्यालयहरु आगामि तिनदिन सम्म बन्द रहने भएको छ ।     इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालीकाको कार्यालय तथा मातहतमा रहेका सबै वडा कार्यालयहरु आज शुक्रबार देखि ३ दिन सम्म बन्द रहने भएको हो ।   इटहरी अस्पतालले पनि कर्मचारीमा कोरोना देखिएको कारण बताउदै आज शुक्रबार देखि आगामि ३ दिन सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ । बिहीबार बिहान उपमहानगरको केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उ

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १९ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९ हजार ७ २७पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९११ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५७ हजार ३८९   जना पुगेको छ भने मृतकको संख्या ५ सय ९  पुगेको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास कार्यक्रमका लागी १२ वडामा एक करोड २३ लाख रुपैयाँ

    इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 866 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इटहरीमा साता दिन विद्युत अवरुद्ध हुने

    इटहरी । रानी विराटनगर हुँदै इटहरी, धरान सडक परियोजना अन्र्तगत सडक बिस्तारका क्रममा इटहरीमा बिद्युत सेवा अवरुद्ध हुने भएको छ । ईटहरीमा सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने भएको हो । असोज १६ गते देखि २२ गते सम्म इटहरीको साथि पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बिजुली अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इटहरीले जनाएको छ । ११ के भि इटहरी फिडवार तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ति भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने भएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 3,099 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन वर्षमा चार प्रमुख प्रशासकीय फेरीए, ‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी जानै मान्दैनन फाकफोकथुम

    इलाम  / ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयान्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्व

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 661 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रकृति संरक्षणमा सरकारी मजाक किन ?

    देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू–भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर अहिले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ । बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,147 पटक पढिएको
    • "– रमेश थापा"
  • धरानको वडा १५ को कार्यालय १ हप्ताको लागि बन्द, उपमहानगरपालिकाको सुचना र घरनक्शा शाखा सिल

    धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो । वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ । त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई सं

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन विकेन्द्रीकरणको अवसर

      देश अहिले कोरोनाको कहरबाट आक्रान्त छ । आर्थिक श्रोतहरु संकुचित हुँदै गएका छन् । आयात भन्दा निर्यात बढ्दो क्रममा छ । कृषि उत्पादन एबं उत्पादकत्व घट्दो अवस्थामा छ । विदेशी मुद्रा एबं अर्थोपार्जनको लागि तुलनात्मक फाइदाको क्षेत्र पर्यटन ब्यवसाय सबैभन्दा बढी प्रभावित छ । पर्यटन व्यवसायमा संलग्न खासगरी निजि क्षेत्र देश बन्दाबन्दि संगसंगै घरभित्रै खुम्चिएको अवस्थामा छ । पर्यटन पेशासंग आवद्ध कैंयौं कामदारहरुको रोजगार गुमिसकेको छ । होटल र यातायात लगायत पर्यटनको लागि अत्यावश्यक सेवा तथा सुबिधाहरु सबैजसो बन्द छन् । पर्यटनसंग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका पर्यटकीय गन्तब्य स्थलका स्थानीय युवाहर

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,192 पटक पढिएको
    • "– एकराज सिग्देल"
  • विश्व पर्यटन दिवसमा दिगो पर्यटनबारे अन्तरक्रिया हुने

    धरान । खेल पर्यटन मार्फत दिगो पर्यटनबारे पर्वतीय खेलकुद महासंघले एक अन्तरक्रिया आयोजना गर्न लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर महासंघले प्रदेश नं. १ समितिले जुम मार्फत अन्तरक्रियाको आयोजना गर्न लागेको हो । टोकियो मेट्रोपोलिटनका प्राध्यापक विष्णु खनाल, टे«किङ एजेन्सी एशोशिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा, सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई तथा साहसिक पर्यटनका कलमकार विराट अनुपमले खेल पर्यटनले दिगो पर्यटन निर्माण हुने विषयमा प्रवचन दिने भएका छन् । नेपालभरिका सरोकारवालाहरु सहभागी हुने अन्तरक्रिया कार्यक्रमले पर्वतीय क्षेत्रमा खेल मार्फत पर्यटन विकास र समृद्धिबारे

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडकै कारण बन्द भए विराटनगरका दुई चर्चित होटेल

    विराटनगर । ४१ वर्षे इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेल ले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो । यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेल को सेवा र आयसमेत प्रभावित बन्न पुगेको छ । नमस्कार होटेल का संचालन युनेश श्रेष्ठले तत्काललाई होटेल ले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्का

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved