Top 4

    Showing 7,361-7,370 of 9,404 items.
  • मुख्यमन्त्रीको नियुक्ति बदर गर्न गठबन्धनको माग

    विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति गैर संवैधानिक भएको गठबन्धन दलले जिकिर गरेका छन् । प्रदेश सभा सचिवालय विराटनगरमा बिहीबार बसेको गठबन्धनको बैठकले नेकपा एमाले औपचारिक रुपमा विभाजन भई निर्वाचन आयोगबाट नेकपा (एस) छुट्टै दल दर्ता भएको जनाउँदै यस्तो अवस्थामा भएको मुख्यमन्त्री नियुक्ति प्रति प्रश्न उठाइएको हो । नेकपा(एस) मा प्रदेश नं १ का चार जना सांसद केन्द्रीय सदस्यको रुपमा रहेको र आयोगले सांसदहरुलाई दल रोज्ने समय प्रदान गरिसकेको अवस्थामा प्रदेश सरकारले बहुमत गुमाई सकेको तथ्य भएको गठबन्धनको दाबी छ । भदौ १० गते अप्रत्यासित रुपमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राज

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भैरब आङला पुरस्कृत

    धरान/ समाजमा योगदान पु¥याउनेको व्यक्तिको नाममा सम्झना स्वरुप मरणोपरान्त विभिन्न स्मरणयोग्य काम गरिने परम्परा रहदै आएको छ । धरान उपमहानगरपालिकाले भने परम्परालाई तोड्दै जिवितै हँुदा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम अग्रज पत्रकार गिरिराज आचार्यको नाममामा सिर्जनशील पत्रकारिता पुरस्कारको २ लाख अक्षय कोष राखिदिएका थिए । अक्षयकोषबाट स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार’ बाट विहीबार एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्ञान सुब्बाको ‘आखिर के को लागि होला’ छाँयाकंन शुरु

    धरान / मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ हङकङ निवासी धराने गायक ज्ञान सुब्बाको गीतको छाँयाकंन भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।” धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छाँयाकंन गरिएको थियो । ‘आखिर के को लागि होला ?’ बोलको म्युजिक भिडियोमा लोकप्रि

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोखिममा इटहरी : न अनुगमन, न सतर्कता

    इटहरी/ प्रशासनले निषेधाज्ञालाइ खुकुलो बनाए संगै सुनसरीमा दैनिक कोरोना संक्रमितको संख्या हवात्तै बढेको । कोरोनाबाट सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढी जोखिम इटहरी मानिएको छ । प्रत्येक साता नयाँ संक्रमितको दर बढदै जानुले इटहरीलाइ जोखिम र रेडजोनको रूपमा लिन थालिएको छ । अघिल्लो साता ३ सय ७ जना संक्रमित थपिएको इटहरीमा यो साता पुनः ३ सय ७१ जना नयाँ संक्रमितहरू थपिएका छन । यो संगै इटहरीमा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ । इटहरीमा अघिल्लो साता भदौ १ देखि ७ गतेको अवधिमा ३ सय ७ जना नयाँ संक्रमित थपिएका थिए भने अहिले ९ देखि १६ गते सम्मको बिवरण अनुसार ३ सय ७१ जना नयाँ संक्रमित थ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 1,074 पटक पढिएको
    • "तेजबहादुर बन"
  • जग्गा संरक्षणमा सरकार गम्भीर बन्नु आवश्यक

    हाम्रो देशमा एउटा प्रश्नको उत्तर दिन कठिन छ । त्यो प्रश्न हो – शक्तिको स्रोत कहाँ छ ? सार्वभौम सत्ता सम्पन्न लोकतान्त्रिक मुलुकमा सैद्धान्तिक रूपमा नागरिकहरूलाई शक्तिको स्रोत मानिन्छ र हाम्रो संविधानले पनि यही सिद्धान्तलाई आत्मसात् गरेको छ । नागरिकहरूमा निहीत यही शक्ति निर्वाचनका माध्यमबाट जननिर्वाचित संस्थाहरूमा हस्तान्तरण हुन्छ, जसको प्रयोग जनप्रतिनिधिहरूले गर्छन् । जनप्रतिनिधिहरूले पनि कानुनका अधिनमा रहेर यस्तो शक्तिको प्रयोग गर्ने प्रचलन छ । जननिर्वाचित सरकारको शक्तिको स्रोत पनि नागरिकहरू नै हुन् । लोकतान्त्रिक मुलुकमा त्यही शक्तिको वैधताका आधारमा सरकारले शासन चलाउँछ । हाम्रो मुलुकम

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं. एक मा दुर्घटनाको जोखिम बढ्दै

    धरान/ सवारी चाप र साँघुरो सडकका कारण प्रदेश नं. १ मा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले विगत दुई बर्षमा भएको सवारी दर्घटनालाई हेर्ने हो भने पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अधिक भएको पाएको छ । प्रदेश १ ट्राफिक कार्यालय इटहरीका अनुसार गत बर्ष र चालू आर्थिक बर्षको हालसम्म चार हजार बढी सवारी दुर्घटना भएका छन् भने दुर्घटनाबाटै ७ सय ७६ जनाले ज्यान गुमाएका छन् । एक नं. ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले प्रदेश १ का १४ जिल्लाका विभिन्न ठाउमा दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा स

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 1,143 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दश जना सांसद समाजवादीमा खुले

    विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम अचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ । एमाले विभाजन भई दल रोज्न उपलब्ध गराइएको समय अगावै प्रदेशका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार दश जना सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये दश जना सांसद नेकपा(एकीकृत समाजवादी) तिर लागेपछि अव एमालेमा ४१ सांसद छन् । वहुमत पु¥याउन ४७ जना सांसद चाहिन्छ । गत भदौ १० गते शेरधन राईले राजिनामा गरेका थिए । त्यही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्र

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 795 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सरकारको नेतृत्व लिन कांग्रेसमा अलमल : कोइराला प्रति देउवा नकारात्मक

    विराटनगर/ नेपाली कांग्रेस भित्रको गुटगत झगडाका कारण प्रदेश नम्बर १ मा कांग्रेसले आफूले नेतृत्व लिने विषयमा जोडदार ढंगले माग उठ्न सकेको छैन । सरकारको नेतृत्व लिने विषयमा नेपाली कांग्रेसमा अलमल देखिएको छ । संसदीय दलको बैठकमा समेत एक नम्बर प्रदेश सरकार आफैंले नेतृत्व गर्ने विषयले प्रवेश नै पाएन । बरु भीम आचार्यको नेतृत्वमा सरका गठन गर्दा प्रक्रियागत त्रुटी भएको विषयलाई भने संसदीय दलको बैठकमा उठाइएको छ । कांग्रेस सचेतक सूयर्माराज राईले भने, “दलको बैठकमा टुक्रिएको पार्टीमा वहुमत रहेको देखाउन हतार हतार शेरधन राईले राजिनामा दिएको र भीम आचार्यको नेतृत्वमा सरकार गठन गराईएको विषयमा छलफल भएको

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 858 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • एक महिना पछि संक्रमण मुक्त माया घर

    इटहरी/ सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरी स्थित माया घर नेपाल अन्ततः एक महिना पछि कोरोना संक्रमणबाट मुक्त बनेको छ । दोस्रो लहरको नयाँ भेरियन्ट सहित माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत असार २९ मा ५० जनाको स्वाब परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कुल ८२ जनालाइ संरक्षण गर्दै आएको माया घर देशनै कोरोनाबाट ग्रस्त बनेपछि शुरूवाती समयमा दैनिकि गुजार्न निकै कठिन परेको संस्थाकी प्रतिनिधि पार्वति भट्टराईले बताइन । इटहरीमा रहेका सामाजिक संस्था तथा अभिभावक उपमहानगर तथा स्वास्थ्यकर्मीहरूको निरन्तर साथ, सहयोग र हौसलाले एक महिना

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रथको साटो राधाकृष्ण खटयात्रा

    विराटनगर/ कोरोना संक्रमणका कारण यो वर्ष पनि विराटनगरमा श्रीकृष्ण रथयात्रा गरिएन । हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाल्ने चलन थियो । कोरोना महामारीका कारण मंगलबार विराटनगरमा खटयात्रा निकालिएको छ । विगतमा ठूलो संख्यामा दर्शनार्थी भेला भई रथ तान्ने र पूजाआजा गरिन्थ्यो । रथलाई नगर परिक्रमा गराउन हजारौं भक्तजन सहभागी हुने गर्दथे । तर, विगत वर्ष झैं यो पटक पनि रथयात्रा सम्भव नभएपछि खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अध्यक्ष बाबुराजा ओझाले धार्मिक परम्परालाई निरन्तरता दिनकै लागि खटयात्रा निकालिएको बताए । यो पटक तीनपैनी चोकस्थित राधा

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved