हिबिस्कसमा अभ्यास सहितको कक्षा

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।
स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ ।

त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जोड दिनका लागि कक्षा ४ देखि नै ल्याबमा सिकाउन थालिएको उनको भनाई छ । उनले भने, ‘हामी लर्निङ बाई डुईङ अर्थात अभ्यास गरेरै सिक्न सकिन्छ भन्नेमा विश्वास राख्छौं, त्यसैले विद्यार्थीलाई पुस्तकका सिद्धान्त मात्र होईन अभ्यासमा जोड दिएका हौं ।’

स्कुलले अडियो भिज्युअल सहितको स्मार्ट कक्षापनि सञ्चालन गरिरहेको छ । स्कुलका प्रबन्ध निर्देशक गंगाराम राईले विद्यार्थीलाई सानैदेखि सृजनसील र प्रविधिमैत्री बनाउनमा पनि जोड दिइएको बताए । त्यसका लागि विद्यार्थीहरुले दैनिक प्रार्थानासभामै उनीहरुले जानेका कुरा सुनाउने गरेको उनी बताउँछन् । स्कुलले कक्षा २ देखि माथिका विद्यार्थीलाई कम्प्युटर ल्याब सञ्चालन गरिरहेको छ ।

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved