धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत छात्रतर्फ बास्केटबलमा उपाधि जित्न सफल आफ्ना छात्रहरूलाई एम्स एकेडेमीले आइतबार सम्मान गरेको छ ।
कलेज परिसरमै आयोजित कार्यक्रममा उनीहरूलाई खदा ओढाइदिँदै अबिर लगाएर सम्मान गरिएको हो । डिपो माविको बास्केटबल कोर्टमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा छात्र बास्केटबलतर्फ एम्सका विद्यार्थीले हिमालयन स्कुलका विद्यार्थीलाई पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । एम्सले लगातार तेस्रोपटक छात्रतर्फ बास्केटबलको उपाधि जितेको हो ।
सम्मान कार्यक्रममा एम्सका व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूका प्रतिभालाई अवसर प्रदान गर्न कलेज सदैव तत्पर रहने बताए । उनले विजेता खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा पु¥याउन पनि सक्दो प्रयास गर्ने जानकारी दिए । त्यस क्रममा समाजसेवा एवम् शिक्षासेवी आशिष मास्केले विजेता खेलाडीहरूलाई जनही १ हजार रुपैयाँ प्रदान गरे । खेलाडीहरूलाई प्रोत्साहन दिन आपूmले नगद प्रदान गरेको सुनाए ।
कलेजका प्राचार्य मित्र तामाङ, हेमन्त भण्डारी, शिक्षासेवी मास्के तथा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक व्यक्तिगत स्कोरर एम्सका निशान तामाङ भएका थिए ।