‘पढाईको अतिरिक्त रोजगारमुखी क्षेत्रमा लाग्नुस’

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ कृषिजन्य उत्पादनमा लाग्दै रोजगारमुखी कार्यमा अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्दै पढाईको अतिरिक्त समय सामाजिक काममा लाग्न नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले आग्रह गरेका छन् ।

नेकपा एस निकट अनेरास्ववियूको प्रदेश स्तरिय भेलालाई आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गाउँ गाउँमा बाख्रा पालेर तथा कृर्षीजन्य काम गरेर स्वरोजगार हुन र आत्मसम्मान बढाउन आग्रह गरेका हुन् । नेपालले विदेशमा गएर बाख्रा चराउने काम गर्नुभन्दा देशमै बाख्रा पालेर वा कृषि कर्म गरेर स्वाभिमान र स्वरोजगार बन्न सकिने बताए । उनले भने, ‘तपाईहरु पार्टीको झण्डामात्रै बोकेर नहिड्नुस् पढ्ने काममा पनि आफ्नो समय खर्चिनुहोस् बाँकी समय सामाजिक काममा लाग्नुहोस् ।’ सिपमुलक शिक्षामा जोड दिनुपर्नेमा उनले जोड दिए ।

समाजवादी भनेको समानता र सामाजिक न्यायको सिद्धान्त भएकाले रोजगार मुलक तालिमहरु सन्चालन गरेर स्वरोजगार बन्ने काम गराउन उनले सरकारसँग माग गरे । पार्टीको नेतृत्वमा २ वटा प्रदेश सरकारमा भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीलाई सम्भावना भएका राम्रा कामहरु गर्न निर्देशन समेत नेपालले दिएका छन् । संगठन विस्तार गर्न विद्यार्थीहरुलाई हौसाउँदै उनले गीत संगित, कथा, कविता बाचन जस्ता कार्यक्रमहरु आयोजना गरेर लोकप्रिय बन्न र संगठनलाई विस्तार गर्दै लान अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई नेता नेपालले आग्रह गरे ।

कार्यक्रममा प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले विद्यार्थीहरुलाई अनेरास्ववियू भन्दा पनि विद्यार्थी बनेर लड्न निर्देशित गरे । मुख्य मन्त्री राईले विद्यार्थीहरु पार्टीको शाखा भन्दा पनि विद्यार्थीकै भुमिकामा रहनुपर्ने र आवश्यकता परेको बेला धावा बोल्न तयार हुनुपर्ने तक अघि सारेका थिए ।

निरौला सहित एसमा प्रवेश
कार्यक्रममा नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य धर्मराज निरौला सहित ३ सय ५७ जनाको टोली नेकपा एसमा औपचारिक रुपमा प्रवेश गरेको छ । निरौलाको नेतृत्वमा ६७ जना एमालेका संगठित सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला समिति र गाउँपालिका स्तरिय सदस्यहरु सहित नेतृत्व तहमा पुगेका एमाले नेता कार्यकर्ता प्रवेश गरेका हुन् । निरौंलालाई नेकपा एसले पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिइएको छ ।

निरौलाले माधवकुमार लगायतका नेता पार्टीबाट बाहिरिँदा पनि एमाले अध्यक्ष ओलीलाई केहि परिवर्तन गर्न सकिन्छ कि भनेर अन्तरपार्टी संघर्षमा लागेको र त्यो असम्भव भएपछि पार्टी परित्याग गर्नु परेको बताए । निरौलाले ओली नेतृत्वको एमाले अव भौतिकवादी नरहेको र व्यावहारिक रुपमाले समेत कम्युनिष्ट नरहेकोले आफुहरु कम्युनिष्ट पार्टी नेकपा एसमा समाहित हुन आईपुगेको बताए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved