फोनिज सुनसरीमा नविन गुरुङ

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल आदिवासी जनजाती पत्रकार संघ सुनसरीको अध्यक्षमा नविन गुरुङ निर्वाचित भएका छन् ।

संघको नयाँ सदस्य तथा नविकरण सदस्यहरुको नामावली सार्वजनिकमा विवाद देखिए पछि गत मंसिर २८ गते सम्पन्न फोनिजको अधिवेसनको बन्द सत्र स्थगित भएको थियो । फोनिजको प्रदेश समितीको रोहबरमा सोमबार सम्पन्न निर्वाचन समितीको बैठकले अध्यक्ष गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा बसन्त बान्तवा, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम हाङ फोम्बो र कमला चौधरी रहेका छन् । १३ सदस्यीय जिल्ला कार्यसमितीमा बाँकी रहेका दुई सदस्या नयाँ कार्यसमितीले चयन गर्ने अधिकार दिएको छ ।
त्यसै गरि आसन्न प्रदेश महाधिवेसन र केन्द्रिय महाधिवेसनका प्रतिनिधीहरु पनि नयाँ जिल्ला कार्यसमितीलाई दिएको निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष गुरुङले बताए । उनका अनुसार अग्रज पत्रकार गोपाल देवानको संयोजकत्वमा निलिफा सुब्बा र सुकदेव चौधरी सदस्य रहेको तिन सदस्यीय निर्वाचन समिती गठन गरेको थियो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved