सुनसरी/ छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी कानेपोखरी ५ स्थित चिसाङ बस्तीकी शोभा दर्जीलाई उपचारको ऋण खर्च तिर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।
गत वैशाख ३० गते मोबाइल चोरीको आरोपमा छिमेकीले मानसिक संतुनल गुम्ने गरि कुटपिट गरेका थिए । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४ महिना उपचार गरे पछि घर फर्किएकी थिईन् । उनको उपचारमा लागेको औषधीको रकम तिर्न नसके पछि कोशीपत्र राष्ट्रिय दैनिकले निरन्तर समाचार सम्प्रेषण गरेको थियो । समाचारमा उल्लेख गरे अनुसार करिब ४ लाख रुपैया औषधीको ऋण तिर्न बाँकी रहेको थियो । औषधी पसलको ऋण तिर्न नसकेको समाचार प्रकाशित भए पछि विराटनगरका अधिवक्ता जयराम सुन्दासको पहलमा अमेरिकाबाट सहयोग प्राप्त भएको हो ।
उपचार वापतको ऋण तिर्नक ालागि अमेरिकामा बस्ने रमेश दर्नाल, दिपक परियार, दिलिप नेपाली, रायन लामगादे र पुन्यवती रम्तेलले नगद ५० हजार रुपैया सहयोग गरेका हुन् ।
उनीहरुले उपलब्ध गराएको नगद ५० हजार रुपैया शनिवार एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार गणेश लम्सालले पिडित महिलालाई आमाबुबाको उपस्थितीमा हस्तान्तरण गरे । प्राप्त रकम पिडित शोभाले उपचार गराउँदा औषधी खर्च वापत तिर्नुपर्ने रकम चार लाख मध्ये ५० हजार धरान स्थित विर्तामोड औषधी पसलका प्रतिनिधि बेनुप ढकाललाई प्रदान गरिन ।
खोलामा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी दर्जीले औषधीको बाँकी रकम बाहेक थप डेढ लाख रुपैया ऋण रहेको शोभाका बुबा हर्कमान दर्जीले बताए । उनले भने, ‘औषधी पसल, खाना खाएको क्यान्टिन अनि अन्य पसलको गरेर अझै पाँचलाख रुपैया तिर्न बाँकी रहेको छ ।’ उनले उपचार वापतको रकम तिर्न ५० हजार रुपैया सहयोग गरेकोमा अमेरिकामा बस्ने नेपालीहरु लाई धन्यवाद दिए ।
आमा देबीमाया दर्जीले उपचारमा लागेको खर्च अस्पतालले मिनाह गरे पनि नीजि औषधी पसल र क्यान्टिन अनि ब्लडबैकको रकम भने अझै तिर्न नसकेकोले सहयोग गरिदिन सरकार र मनकारी दाताहरुसँग अनुरोध गरिन ।
शोभा हाल अस्पालबाट डिस्र्चाज भएर घरमा आराम गरिरहेकी छन । कुटपिटकै कारण उनको तिन महिनाको गर्भ पनि खेर गएको थियो । अहिले पनि आर्थिक समस्याले गर्दा छोरीलाई निरन्तर दवाई खुवाउन समस्या भएको बाबु हर्कमानले बताए । पिडित शोभाकाआमाबाबु हर्कबहादुर र देबीमायाले अदालतले आफुहरुलाई कानुनमा भएको व्यवस्था अनुसार क्षतिपुर्ति सहित न्याय दिनेमा आफुहरु आशाबादी रहेको बताए ।
कुटपिटमा संलग्न छिमेकी महिलाहरु मोरङ कानेपोखरी गाउँपालिका ५ का २६ बर्षिया पुष्पा र २५ बर्षिया निरमाया मगर ५४ बर्षिया बिन्दा र ३० बर्षिया बबिता मगर अदालतबाट धरौटीमा छुटेका छन । शरिर भरि चोट भएको र मानसिक सन्तुलन गुमेर तिन महिनाको गर्भ खेर गए पनि प्रहरीले ज्यान मार्ने उद्योग र कुटपिट कसुरमा भने मुद्दा दर्ता गराएन । पिडितको पक्षबाट अधिबक्त्ता जयराम सुन्दासले निशुल्क मुद्दा पैरवीगर्दै आएका छन । उनकै पहलमा पिडितलाई अमेरिकाबाट ५०लाख सहयोग जुटेको हो ।