कोशीमा जलचरा गणना सुरु

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ पछिल्लो समय जलचराको संख्यामा कम हुँदै गएपछि यथार्थ अवस्था बुझ्न कोशीटप्पु क्षेत्रमा शनिबार देखि जलचराको गणना शुरु भएको छ ।

विगत ३० बर्ष देखि विभिन्न समुहको सक्रियतामा हुने जलपंक्षी गणना विगत २०१२ देखि कोशी पंक्षी समाजले गर्दै आएको छ । समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ । गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा ५ दिनको समय लगाएर अवलोकन विधीबाट गणना गरिने छ । नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुई वटा डुङ्गामा १०–१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना शुरु गरेकाछन् ।

जलचराको उपस्थिती, बासस्थानको अवस्था लगायत गणना पनि सँगै हुने आचार्यले बताए । कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले बताए ।
पंंक्षी अध्ययन केन्द्रका चरा गणक बिमल तिम्सिनाका अनुसार बराहक्षेत्रस्थित कोशी नदीको पुलदेखि डुङ्गाबाट दुई दिन लगाएर कोशी ब्यारेजसम्म गणना गरिनेछ । कोशी पूर्वको नदी बाहिरको क्षेत्रमा पनि शनिबार र आइतबार तथा सप्तरी तर्फ कमलपुर क्षेत्रका जलासयहरूमा सोमबार र मंगलबार गणना गरिनेछ ।

जनवरी १६ सम्ममा गणना गरिएका सबै तथ्याङ्क सार्वजनिक गर्ने गरी जलपंक्षी गणना सुरु भएको हो छ । उत्तरी क्षेत्रमा हिउँ पर्न थाले पछि चराहरु तल्लो भेग तिर झर्न थाल्छन् । त्यसैले पनि हरेक वर्ष यही समयमा जलपंक्षी गणना गरिँदै आएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved