मोरङ / विराटनगर महानगरपालिकाले सरसफाईकर्मीलाई लक्षित गरी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन विरानटर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरका थिए। सो अवसरमा बोल्दै मेयर कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताएका थिए । उनँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गरेका थिए । तालिममा महानगरका ४० जना सरसफाईकर्
चितवन / चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुलाई १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयो
धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो
मोरङ / विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो । भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् । विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्य
धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ । धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द
सुनसरी / पछिल्लो समय ठूला सहरहरुमा सडक बालबालिका टाउको दुखाइको विषय बनेको छ । निरन्तर उद्धार कार्य गर्दा समेत यस्ता समस्या झन झन थपिदै गएको पाइएको छ । प्रदेश नं. १ का ठूला सहर मोरङको विराटनगर, झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायतका सहरहरुमा सडक बालबालिका समस्या हुँदै गएको हो । यस्ता बालबालिकालाई उद्वार गरेर अभिभावकको जिम्मा लगाउने, बाल संरक्षण केन्द्रहरुमा राख्ने काम गरे पनि समस्या उस्तै हुने गरेको छ । प्रहरीको सहयोगमा बाल बालिकाको संरक्षणमा काम गर्ने संस्थाहरुले जति प्रयास गरे पनि समस्या समाधान हुन सकेको छ । धरानमा समेत यो समस्या अत्याधिक रहेको छ । जतिपटक उद्धारको काम गरे पनि स
विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ । महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ । कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाउँदैछ । मित्रराष्ट्र भारतको प्रस्तावमा राष्ट्रसङ्घ साधारणसभाको पचहत्तरौँ सत्रले यस्तो निर्णय पारित गरेको हो । यो वर्षभरि कोदोजन्य बालीहरूको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका राखिएको छ । यो वर्ष कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवम् मूल्य अभिवृद्धि, बजार तथा व्यापार विस्तार, स्थानीय र रैथाने जातको संरक्षण, त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिग
मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबारदेखि चार दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् । उद्घाटन पछि बोल्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरे । मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गरे । वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले आफैंले तालिम आयोजना गर्दा थोरै स
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाका गौरवका योजना रोकिएको, विकास निर्माणका काम गुणस्तहीन भएको र क्रमागत योजना अलपत्र परेको भन्दै नेकपा एमाले वराहक्षेत्र नगर कमिटीले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बराहक्षेत्र नगरकमिटीका सचिव राजेन्द्र कार्की र अध्यक्ष गजेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र अध्यक्ष थापाले नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आरामदायी ‘मधुमास’ बिताएको ६ महिना भइसक्दा पनि जनअपेक्षाअनुसार जनप्रतिनिधि भएको आमनगरवासीले महसुस नगरेको एमाले बराहक्षेत्रको आरोप छ । नगरको निर्वाचित नेतृत्वलाई सकारात्मक